वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
नगर अधिवेशनमा पेश हुने प्रस्ताव कार्यपालिकाबाट पारित
काठमाडौँ । काठमाडौँ महानगरको १२ औँ कार्यपालिका बैठकले नगर सभाको १२ औँ अधिवेशनमा पेश हुने प्रस्ताव पारित गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज राष्ट्रिय सभा गृहमा बसेको १२ औँ कार्यपालिकाको बैठकले प्रस्तावमाथि छलफल गर्दै पारित गरेको हो । महानगरको १२ औँ अधिवेशन भोलि अर्थात पुस २९ गते हुनेछ ।
भोलि हुने अधिवेशनमा २ वटा नयाँ विधेयक पेश हुनेछन् । नगर प्रहरी र सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक सभामा लैजान विधायन समितिबाट पेश भएको थियो । यसैगरी बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, कर्मचारीको सेवा सर्त सम्बन्धी ऐन, २०७७ र आर्थिक ऐन संशोधनका लागि पेश हुनेछन् । आन्तरिक लेखा परीक्षण तथा संगठन संरचनाको संक्षिप्त अध्ययन सम्बन्धी प्रस्ताव नीतिगत निर्णयका लागि पेश हुनेछन् ।
चालु आर्थिक बर्षमा कार्यान्वयनमा आउन नसकेका कार्यक्रमहरुलाई बजेट संशोधन गरेर खर्च हुन सक्ने कार्यक्रममा रुपान्तरण गर्ने प्रस्ताव अधिवेशनमा पेश हुने अर्को महत्वपूर्ण प्रस्ताव हो ।
बैठकमा प्रमुख शाहले अधिवेशनमा पेश भएका प्रस्ताव अध्ययनका लागि दिइने बताउनुभयो । कार्यपालिका सदस्यहरुले समसामयिक सेवा व्यवस्थापनका विषयमा उठाएका प्रश्नको उत्तरमा प्रमुख शाहले भन्नुभयो, ‘राष्ट्रिय परिचय पत्र बनाउने कामलाई वडामा लैजान हामीले राष्ट्रिय पञ्जीकरण विभागसँग छलफल गरिसकेका छौँ । आउँदो महिनाको (माघ) १५ गतेदेखि वडाबाट सेवा सञ्चालन गर्ने योजना छ ।’
नीतिगत प्रवन्धले लामो समयसम्म प्रभाव राख्ने भएकाले प्रस्तावित विधेयक, संशोधन गर्नुपर्ने ऐन तथा नीतिग निर्णयका लागि पेश हुने प्रस्तावहरुमाथि गहिरो अध्ययन गरिनु पर्ने बैठकका उपाध्यक्ष एवं महानगरकी उपप्रमुख सुनिता डंगोलले बताउनुभयो ।
बैठकका सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, कार्यपालिका सदस्यहरुबाट प्राप्त भएका विषयलाई समेटेर नगर सभामा लैजाने प्रस्तावलाई अन्तिम रुप दिइने बताउनुभयो ।
बैठकमा कार्यपालिका सदस्यहरु मुकुन्द रिजाल, महेश नेपाली, अनिता कार्की ढोली, मचाराजा महर्जन, राजेन्द्रकुमार श्रेष्ठ, उदयचुडामणि बज्राचार्य, विमल होडा, दलबहादुर कार्की, रामकुमार के. सी. भुवन लामाले प्रस्तावित एजेन्डासँगै सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक विकास, जनस्वास्थ्यको प्रवर्धन, महानगरले अहिलेसम्म प्राप्त गरेका उपलब्धीलगायत विषयमा धारणा तथा सुझाव राख्नुभएको थियो ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App