वि.सं.: २०८२, पुस ६ आइतबार
इ.स.: 2025 December 21,SUNDAY
वि.सं.: २०८२, पुस ६ आइतबार
२ अर्व ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँ संशोधित बजेट नगर सभामा पेश
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाको २ अर्व ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको संशोधित बजेट नगर सभामा पेश भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख एवं सभाका अध्यक्ष बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सुरु भएको नगर सभाको १२ अधिवेशनमा उपप्रमुख एवं सभाका उपाध्यक्ष सुनिता डंगोलले संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । बजेट ११ औँ नगर सभाबाट चालु आर्थिक बर्षका लागि स्वीकृत ४ अर्व ३६ करोड ७१ लाख ७ हजार बजेटका कार्यक्रमहरुलाई संशोधनमा लगिएको हो ।
संशोधन प्रस्ताव पेश गर्दै उपप्रमुख डंगोलले, ६ महिनामा बजेट कार्यान्वयनको प्रगति हेरेर संशोधन प्रस्ताव पेश गरिएको बताउनुभयो । यसबाट बजेट कार्यान्वयनमा सुधार हुने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।
चालु आर्थिक बर्षका लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको थियो । यसमा सञ्चित कोषबाट २२ अर्व ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।
सभामा लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिकी संयोजक गायत्री पुडासैनीले, आर्थिक बर्ष २०७७/०७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन प्राप्त भएको जानकारी दिनुभयो । त्यस आर्थिक बर्षमा बेरुजु देखिएको १ अर्व ७ करोड १२ लाख २५ हजार रुपैयाँमध्ये प्रारम्भिक प्रतिवेदनको माध्यमबाट ३७ लाख ८१ हजार रुपैयाँ फस्र्यौट भएको छ । फस्र्यौट हुन बाँकी रहेको १ अर्व ६ करोड ७४ लाख ४४ हजार रुपैयाँमध्ये २५ करोड ७५ लाख रुपैयाँ असुल गर्नुपर्ने, ६१ करोड ४६ लाख ८४ हजार रुपैयाँ प्रमाण तथा कागजपत्र पेश गर्नुपर्ने, ४ करोड ४५ लाख ८८ हजार रुपैयाँ नियमित गर्नुपर्ने र पेश्की १५ करोड ६ लाख ६ हजार रुपैयाँ रहेको छ । प्रतिवेदनमा संयोजक पुडासैनीले उल्लेख गर्नुभएको छ । समितिको यो प्रतिवेदन सभाबाट पारित भएको छ ।
यसपछि संयोजक पुडासैनीले आर्थिक बर्ष २०७७/०७८ सम्मको नियमित गर्नु पर्ने ६५ करोड ६१ लाख ८१३ रुपैयाँ वेरुजुको प्रमाण संकलन, पुष्ट्याइँ र जवाफ प्राप्त भएको जानकारी दिँदै यो रकम नियमित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । यो प्रस्ताव सभाबाट पारित भएको छ ।
सभामा विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जनले विधेयक तथा संशोधन गर्नुपर्ने ऐन सम्बन्धी प्रस्ताव पेश गर्न‘भएको थियो । यसरी पेश भएका २ वटा विधेयकमा नगर प्रहरी र सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धी छन् । संशोधन गर्नुपर्ने बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, कर्मचारीको सेवा सर्त सम्बन्धी ऐन, २०७७ र आर्थिक ऐन २०७९ संयोजक महर्जनले पेश गर्नुभयो । पेश भएका विधेयक तथा ऐनको दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ । समितिले यी दस्तावेज नगर सभाको आगामी बैठकमा पेश गर्नेछ ।
सभामा सुशासन समितिका संयोजक एवं वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले महानगरपालिकाको संगठन संरचना, दरबन्दी संरचना, र केही पद नामहरुको कार्य विवरण संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९ को दफा ५ उपदफा १ बमोजिम प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति र सुशासन समितिको निर्णयका आधारमा संयोजक तिवारीले प्रस्ताव पेश गर्नुभएको हो ।
यो प्रस्तावमाथि दफावार छलफल गरेर नगर सभाको अर्को बैठकमा पेश गर्ने गरी सुशासन समितिमा पठाइएको छ ।
सभाको अर्को बैठक माघ ६ गते बस्नेछ ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App