वडा ४ को मत परिणाम सार्वजनिक : वडाध्यक्षमा महर्जन
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ४ मा नेकपा एमालेका उम्मेदवार दिनेश महर्जन अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौँले मत परिणाम सार्वजनिक गर्दै वडाको विवरणका विषयमा जानकारी दिएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार २८९ मत प्राप्त गर्नुभयो ।
वडाध्यक्ष पदका लागि ७ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यस्तै महिला सदस्य पदका लागि ७ जना, दलित महिला सदस्य पदमा ४ जना र सदस्य पदमा ८ जना उम्मेदवार गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
उहाँहरुमध्ये महिला सदस्य पदमा सन्ध्यादेवी खनाल, दलित महिला सदस्य पदमा कल्पना सार्की (बयलकोटी) तथा सदस्य पदमा नविन मैनाली र सरु ऋधिकारी निर्वाचित हुनुभयो । उहाँहरुले क्रमशः ३ हजार ९४९, ३ हजार ८३५,३ हजार ४५८ र ३ हजार २६७ मत प्राप्त गर्नुभएको छ ।
वडा ४, बालुवाटार
अध्यक्ष
१) दिनेश महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ४,६०४ विजयी
२) रामप्रसाद न्यौपाने — नेपाली कांग्रेस — २,२८९
३) न्हुच्छे महर्जन — हलो — ७८१
४) रमेशकुमार राई — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २०१
५) लक्ष्मी थापा — नेपाल मजदुर किसान पार्टी — २७
६) प्रभाकर भट्टराई — स्वतन्त्र — ८
७) राजकुमार श्रेष्ठ — जनता समाजवादी पार्टी, नेपाल — ७
महिला सदस्य
१) ईश्वरी सुवाल — नेपाल मजदुर किसान पार्टी — ३१
२) जिना गुरुङ् — जनता समाजवादी पार्टी, नेपाल — ३८
३) मनिषा घिमिरे — राष्ट्रिय प्रजातन्त्र पार्टी — १०१०
४) राधिका कठेत (विष्ट) — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ९३
५) सन्ध्यादेवी खनाल — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ३,९४९ विजयी
६) सावित्री थापा (खनाल) — नेपाली कांग्रेस — २,३३१
७) सृजना ढुङ्गाना — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २४८
पद दलित महिला सदस्य
१) कल्पना सार्की (वयलकोटी) — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ३,८३५
२) राधिका मिजार — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २४७
३) सानु नेपाली — राष्ट्रिय प्रजातन्त्र पार्टी — ९८७
४) सीता दमाई (नेपाली) — नेपाली कांग्रेस — २,४२१
वडा सदस्य
१) कृष्णप्रसाद सापकोटा — नेपाल कम्युनिष्ट पार्टी, (एकीकृत समाजवादी) — १३१
२) घमनकुमार कार्की — राष्ट्रिय प्रजातन्त्र पार्टी — ९६९
३) दिनेश श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ३६३
४) नविन मैनाली — नेपाल कम्युनिष्ट पार्टी, एमाले — ३,४५८
५) रामचन्द्र अर्याल — राष्ट्रिय प्रजातन्त्र पार्टी — ९०१
६) सञ्जय श्रेष्ठ — नेपाली कांग्रेस — २,१२३
७) सरु अधिकारी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ३,२६७
८) सुवर्णबहादुर सिलवाल — नेपाली कांग्रेस — २,१२७