वि.सं.: २०८३, साउन १७ आइतबार
इ.स.: 2026 August 2,SUNDAY
वि.सं.: २०८३, साउन १७ आइतबार
'वडास्तरीय खेलका कार्यक्रमले राष्ट्रिय खेलाडी उत्पादनमा सघाउ गर्छ' – कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले वडाध्यक्ष कप दोस्रो फुटसल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा वडाभित्रका ६ वटा टोलीले भाग लिएका छन् ।
मंगलबार एन्फाका रेफ्रीलाई बल प्रदान गरेर खेलको उद्घाटन गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, वडा स्तरमा आयोजना हुने खेलका कार्यक्रमले महानगर स्तर र राष्ट्रिय स्तरका खेलकुदमा योगदान दिने अपेक्षा व्यक्त गर्नुभयो । ‘वडाभित्रको सामाजिक सम्बन्ध बलियो बनाउन पनि खेलकुदले योगदान गर्नेछ ।’ उहाँको भनाइ थियो ।
कार्यक्रममा वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले खेलमा प्रतिस्पर्धा देखिए पनि यसले खेलाडी बिचको आपसी सम्बन्धमा प्रगाढता प्रदान गर्ने विश्वाश व्यक्त गर्नुभयो । ‘युवाहरुलाई खेलप्रति आकर्षण बढाउन, स्वास्थ्य र तन्दुरुस्ती प्रवर्धन गर्न, स्थानीय खेल प्रतिभा पहिचान गर्न, सद्भाव, एकता र समूहगत कार्य प्रणालीको विकास गर्न तथा समुदायमा सकारात्मक मनोरञ्जनात्मक वातावरण बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।’ संगतले खेल आयोजनाको उद्देश्य स्पष्ट पार्नुभयो ।
प्रतियोगितामा गुरुमार्ग (अर्चना), गौरीशंकर युवा क्लव र सिर्जनशील युवा क्लवले समूह ‘क’ बाट र सन्ध्या पुस्तकालय अमरकान्तेश्वर युवा समूह, जय वागेश्वरी युवा क्लवले समूह ‘ख’ बाट प्रतिस्पर्धा गर्दैछन् ।
उद्घाटन खेल गुरुमार्ग (अर्चना) र गौरीशंकर युवा क्लवका बिच भएको थियो । पहिलो दिनको दोस्रो खेल जय वागेश्वरी युवा क्लव र सन्ध्या पुस्तकालय बिच भएको थियो । वैशाख १५ गते सुरु भएको खेल २१ गते सकिनेछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App