Logo
  • वि.सं.: २०८३, असर १५ सोमबार

  • इ.स.: 2026 June 29,MONDAY

  • वि.सं.: २०८३, असर १५ सोमबार

  • महानगर प्रहरी बललाई नागरिकसँगको सम्बन्धमा सरल र नम्र हुन तथा कानुन कार्यान्वयनमा कडा बन्न कार्यवाहक प्रमुखको निर्देशन

    महानगर प्रहरी बलको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरु 

    काठमाडौँ । नागरिकलाई सहरी आचरणप्रति जिम्मेवार बनाउन, पार्किङ व्यवस्थापन, पैदल मार्ग व्यवस्थापनजस्ता सहरी व्यवस्थापनमा काम गर्दा नागरिकसँग गरिने संवाद नम्र र सरल बनाउन तथा कानुन कार्यान्वयनमा कडा बन्न महानगर प्रहरी बललाई निर्देशन दिनुभएको छ । आजदेखि वसन्तपुरबाट सुरु गरिएको महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतजना कार्यक्रम ‘नमस्ते सेवा अभियान’को शुभारम्भ गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

    ‘रुखो बोलेर कानुन कार्यान्वयन हुने होइन । जिम्मेवारीप्रतिको इमान्दारिताले सहरी व्यवस्थापनका लागि तोकिएका व्यवस्था कार्यान्वयन हुन्छन् ।’ कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘नागरिकले मेरो प्रहरी भन्ने महसुस गर्ने गरी पहिचान स्थापित गर्नोस् । दायित्वलाई सेवामूलक, जनउत्तरदायी, सवल, सक्षम र गुणस्तरीय रुपमा सञ्चालन गर्नु महानगर प्रहरी बलको योग्यता हो । आफ्नो योग्यतालाई नागरिक सेवामा समर्पण गर्नोस् ।’

    कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  दिलिप घिमिरेले, महानगर प्रहरी बलले थालनी गरेको अभियानबाट प्रहरीलाई नागरिकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गर्नुभयो । 

    महानगर प्रहरी बलले, ट्राफिक व्यवस्थापन, फोहर अनुगमन, अनधिकृत व्यापार नियन्त्रण, विपद व्यवस्थापन, सम्पदा व्यवस्थापन लगायत क्षेत्रमा काम गरिरहेको छ । कार्यक्रममा महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले भन्नुभयो, ‘यस अभियानबाट नागरिक र प्रहरीको सम्बन्धलाई नजिक र बलियो बनाउन चाहेका छौँ । अभियानका क्रममा नागरिकलाई उहाँहरुको दायित्वका विषयमा बुझाउनेछौँ ।’ 

    ‘परिवर्तित सन्दर्भमा नागरिक र प्रहरी बिचको सम्बन्धका विषयमा नयाँ कार्यक्रम थालनी जरुरी थियो । महानगर प्रहरी बलले यसको प्रारम्भ गरेको छ । यो सकारात्मक कुरा हो ।’ कार्यक्रममा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले प्रतिक्रिया दिनुभयो । 

    महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत क्षेत्रमा महानगर प्रहरी बलले काम गरिरहेको छ । 

    अभियान अन्तर्गत क्षेत्र क्षेत्रमा  खटिएका महानगर प्रहरीहरुले नागरिकलाई उहाँले सहरी व्यवस्थापनका लागि नागरिकका हैसियतमा पूरा गर्नु पर्ने दायित्वका विषयमा संवाद गर्नेछन् । महानगरपालिकाले के गरिरहेको जानकारी प्रदान गर्नेछन । नागरिकबाट महानगरपालिकाले के अपेक्षा गरेको छ? बताउनेछन् । यसबाट नागरिक र नगर प्रहरीका बिचमा दोहोरो संवाद थालनी हुनेछ ।


  • प्रकाशित मिति सोमबार १५ असर २०८३ ०६:४५ PM