वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
शैक्षिक सुधार, भगिनी सम्बन्ध स्थापना र व्यापारिक सहकार्यमा महानगरपालिका सकारात्मक - उपप्रमुख डंगोल
                        काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग आज चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । भेटका क्रममा आपसी सहकार्य सम्भावनाका क्षेत्रका विषयमा कुराकानी भएको थियो ।
कुराकानीका क्रममा उपप्रमुख डंगोलले आपसी सहकार्यका क्षेत्र धेरै देखिएको बताउँदै कुनै एक क्षेत्रबाट सहकार्य थालनी गरेर दिगो बनाउँदै लैजानु पर्ने बताउनुभयो ।
सिपिपिसिसीका उपाध्यक्ष युहुनले, भगिनी सम्बन्ध स्थापना, शैक्षिक सुधार, व्यापारिक तथा वाणिज्य सम्बन्ध आपसी कार्यक्रम हुने बताएपछि उपप्रमुख डंगोलले यस्तो धारणा राख्नुभएको हो ।
‘५० वर्गकिलोमिटर क्षेत्रभित्र विश्व सम्पदा क्षेत्रमा सूचीकृत ४ वटा स्थल हुनु, यी हरेक स्थलहरु पैदल दुरीमा हुनु काठमाडौँको सांस्कृतिक पहिचान हो ।’ उपप्रमुखले भन्नुभयो, ‘सामुदायिक शिक्षामा हामीले संघ सरकारको भन्दा धेरै लगानी गरेका छौँ । स्थानीय उत्पादन प्रवर्धन गर्न पेय पदार्थ ‘ऐला ब्राण्डिङ्’ गर्दैछौँ । महिला क्षमता विकासका लागि ‘एक वडा एक उद्यम कार्यक्रम’ चलाएका छौँ । हस्तकलाका सामान उत्पादनलाई प्रोत्साहित गरेका छौँ । यी क्षेत्रको विकास, प्रवर्धन र व्यवस्थापनमा आपसी ज्ञान, सिप र क्षमताका लागि सहकार्य गर्न हामी सकारात्मक छौँ ।’
त्यस क्रममा उपाध्यक्ष युहुनले काठमाडौँ महानगरपालिकासँग चीनको मध्य क्षेत्रबाट हुवेइ नगरको भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताउनुभयो । ‘चीनका ७ वटा सहरसँग महानगरपालिकाको भगिनी सम्बन्ध छ । मध्य क्षेत्रसँग बाँकी छ ।’ उहाँले भन्नुभयो, ‘हामी औपचारिक सम्बन्धबाट हाम्रा असल अभ्यासहरु बाँड्न चाहन्छौँ ।’
त्यस क्रममा विद्यार्थी र शिक्षक आदानप्रदान गरेर आपसी शैक्षिक सुधारमा क्षमता र सिकाइ विकास गर्ने, व्यापारिक तथा वाणिज्य मेलामा आपसी सहभागिता जनाउने विषयमा छलफल भएको थियो ।
भेटका क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, विभागीय प्रमुखहरु, सहरी योजना आयोगका सदस्य, उपप्रमुख र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुखसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
हुवेइको प्रान्तीय राजधानी वुहान हो । यो यातायातसँगै मध्य चीनको राजनीतिक, सांस्कृतिक र व्यापारिक स्थलका रुपमा परिचित छ ।
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App