वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
वैठकबाट ८ वटा ऐन र एउटा कार्यविधि संशोधन तथा एउटा नियमावली र कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३९ औँ कार्यपालिका बैठकले राष्ट्रिय सभा गृह परिसरमा महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल सिंहको पूर्ण कदको शालिक राख्ने निर्णय गरेको छ । आइतबार (पुस १४) प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौँ प्लाजामा बसेको वैठकले स्व. सिंहले नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पु¥याउनु भएको योगदानको सम्मानमा शालिक निर्माण गर्ने निर्णय गरेको हो ।
वि. सं. १९९६ साल चैत ११ गते जन्मनुभएका सिंहको २०८१ पुस १ गते निधन भयो । वि. सं. २०४९ साल जेठ ३० गते भएको स्थानीय निर्वाचनबाट ६६ हजार ८७४ मत ल्याएर उहाँ नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो । २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरेर उहाँले सहरलाई स्तरोन्नति गराउनुभएको हो । उहाँको कार्यकाल २०५३ चैत २४ गतेसम्म रह्यो ।
वैठकले ‘सहकारी ऐन २०७४’, ‘शिक्षा ऐन २०७५’, ‘राजस्व ऐन २०७५’, ‘विवाद निरुपण कार्यविधि ऐन २०७५’, ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७’, ‘कर्मचारी सेवा ऐन २०७७’, ‘महानगर प्रहरी ऐन २०८०’, ‘जनप्रतिनिधिहरुको सुविधा सम्बन्धी ऐन २०७९’, ‘होस्टेल कार्यविधि २०७९’ लाई पुनलेखन तथा संशोधनका लागि सहमति दिएको छ । यस्तै ‘सञ्चार तथा सूचना ऐन २०८१’ को नियमावली तथा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
वैठकमा योजना अनुगमन तथा मूल्याङ्क एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले ‘स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा आर्थिक वर्ष २०७९/०८० का लागि गरिएको मूल्याङ्कनमा महानगरपालिकाले ८२.७५ अङ्क प्राप्त गरेको विवरण पेश गर्नुभयो । यो प्रारम्भिक प्रतिवेदनलाई वैठकले अनुमोदन गरेको छ ।
यस्तै वडा वर्गीकरणमा वडा नंं. १२ लाई मझौला वडा बनाउने निर्णय गरेको छ । वडालाई यसअघि सानो वडामा राखिएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App