वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
खड्गी समुदायका ४७ वटा बाजा खल र गुठीलाई अनुदान रकम हस्तान्तरण
काठमाडौँ । नेपाल खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा बाजा खल तथा गुठीहरुलाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा खल तथा गुठीका प्रतिनिधिहरलाई अनुदान रकमको चेक प्रदान गरिएको हो । नेपाल खड्गी सेवा समितिको शिफारिस भएका परम्परागत बाजा समूह तथा गुठीहरुलाई सहयोग रकम उपलब्ध गराइएको हो ।
चेक हस्तान्तरणपछि बोल्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले भन्नुभयो, ‘अहिलेको पुस्ताले सम्पदा बचाउन सकेन भने काठमाडौँका सांस्कृतिक पहिचान नै धरापमा पर्न सक्छन् । यसकारण मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न हाम्रै पुस्ताले काम गर्नुपर्छ । यो सहयोग कसैले कसैका लागि गरेको भन्दा पनि समृद्ध महानगर निर्माणका लागि आपसी सदभावको काम गरिएको हो ।’ प्रमुख शाहले भन्नुभयो, ‘सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थापन र प्रवर्धनमा महानगरले आफ्नो जिम्मेवारी पूरा गर्छ ।’
नेवार समुदाय आत्मनिर्भर र समृद्ध समुदाय हो । यो समुदायभित्र भएका अथाह सांस्कृतिक सम्पत्ति छन् । यो सम्पत्तिको संरक्षणमा समुदायले गरेको योगदानको कदर स्वरुप हामीले अनुदान रकम उपलब्ध गराएका हौँ । कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले धारणा राख्नुभयो । ‘महानगरका मूर्त अमूर्त सांस्कृतिक क्रियाकलापको निरन्तरताको सम्मान स्वरुप बाजा खल तथा गुठीहरुलाई सम्मानित गरिएको हो ।’ कार्यक्रमका बारेमा उपप्रमुख डंगोलले स्पष्ट पार्नुभयो । सम्पदा बचाउन काम गर्ने समुदायको साथमा काठमाडौँ महानगरपालिका पनि छ भन्ने भरोसाका लागि हामीले सहयोग गरेका हौँ । कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले, जात्रा तथा पर्व सञ्चालन गर्न बाजागाजा जस्ता सामग्रीको आवश्यक परे उपलब्ध गराउन तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेवा जातीय महासंघका अध्यक्ष एवं खड्गी सेवा समितिका संरक्षक मनोज नेवा खड्गीले, अनुदान प्राप्त गर्न समूह बनाउन थाल्ने जस्ता विकृतिजन्य क्रियाकलापप्रति चनाखो हुनुपर्ने बताउनुभयो । ‘महानगरका काममा महासंघले समर्थन प्रकट गरेको छ ।’ नेवा खड्गीको भनाइ थियो । खड्गी समुदायका गुठीहरुमध्ये ४ वटा गुठी घर निर्माणका लागि महानगरले गरेको सहयोगबाट परम्परागत काम गर्न सहज हुने भएको छ । उहाँको भनाइ थियो । त्यस क्रममा समितिकी अध्यक्ष अञ्जिता खड्गीले, इन्द्रजात्रा, मच्छिन्द्रनाथको जात्रा लगायत जात्रा पर्वहरु तथा समुदायका जन्मदेखि मृत्य पर्यन्तका सांस्कृतिक तथा सामाजिक चालचलनमा नाय खिँ वाजा बजाउने गरिएको प्रसङ्ग उल्लेख गर्दै बाजा बजाउने समुदायको संरक्षण गर्नु पर्ने बताउनुभयो ।
महानगरले खड्गी गुठीका ४ वटा भौतिक संरचना निर्माण गरिरहेको छ । श्री कंग अजिमा तंडं गुठी सबैभन्दा ठूलो संरचना हो । यससँगै मेहरसिंह गुठी, शान्त गुठी र नरसिंह गुठी पनि निर्माण हुनेछन् । यी संरचना पुननिर्माणको लागत करीव ५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
अनुदान प्रदान गरिएका गुठी तथा खलहरु
१) चन्द्र लखु अजिमा गुठी, नक्साल
२) श्री ईन्द्रायणी गुठी, नक्साल, नारायण चौर
३) श्री रुद्र विनायक नायखिं गणेद्य खलः, गणेश चोक
४) श्री पचली भैरव चिधं गुथी, पुखुसि
५) शान्ति सुरक्षा गुठी, स्वयम्भू
६) रामनाम गुथी, कंकेश्वरी
७) श्री कंग अजिमा तः गुथी, इन्द्रसभा मार्ग
८) शान्त नायः खिं बाजं खलः, प्याफल
९) नायः खिं बाजं खलः, इन्द्र सभा मार्ग
१०) श्री कंग अजिमा नायः खिं, मरुढोका
११) सिपाइँ नायः गुथि, भोसिको टोल
१२) पुन हिटी गुथी, दफ्टर मार्ग
१३) योमरी पुन्ही गुथी, दफ्टर मार्ग
१४) दफ्तर नायः खिं बाजं खलः, दफ्तर मार्ग
१५) श्री ईन्द्रायणी गुठी, लैनचौर
१६) श्री ईन्द्रायणी सना गुठी, असन ज्याठा
१७) श्री ईन्द्रायणी गुठी समाज, असन कमलाक्षी
१८) श्री भद्रकाली गुठी, भद्रकाली
१९) श्री ईन्द्रायणी गुठी, असन कमलाक्षी
२०) श्री भद्रकाली गुठी खलः, असन कमलाक्षी
२१) श्री भद्रकाली नायोखिंं बाजँ खलः समिति, बागबजार
२२) श्री पंचकुमारी सिं गुठी, कालोपुल
२३) श्री मैती अजिमा नायः खिं बाजं खल, महाकवि मार्ग
२४) श्री पचली भैरव तःधं गुठी, टेकु
२५) श्री पचली भैरव सेवा गुठी, नाय्पाचो
२६) श्री पचली भैरव नायोपाचो तधं गुठी, नाय्पाचो माग
२७) श्री ईन्द्रायणी तःधं गुठी, ढल्को
२८) श्री ईन्द्रायणी शान्ती गुठी, कालधारा
२९) श्री ईन्द्रायणी सेवा गुठी, ढल्को
३०) श्री ईन्द्रायणी आजाः अजु सना गुठी, ढल्को
३१) श्री भद्रकाली छ्वास गुठी, भोसिको
३२) श्री बालाच¥हे सेवा गुठी खलः, सिघः
३३) श्री पचली भैरव चिधं गुठी,् क्वःने, यराहिटी मार्ग
३४) बागबजार नेवा बाजं खलः, बागबजार
३५) श्री भद्रकाली धर्म गुठी, बागबजार
३६) श्री ईन्द्रायणी गुठी, कमलाक्षी
३७) श्री अजिमा सेवा गुथी, मरुढोका
३८) श्री ईन्द्रायणी गुठी समाज, बहति पोखरी, नयाँबजार
३९) श्री नरसिंह माइला गुठी, मरुढोका
४०) श्री बैकुण्ठ गुठी, भुरुङ् खेल
४१) मेहर सिं गुठी, इनाटोल
४२) चल्खु अजिमा गुठी, कमलपोखरी
४३) श्री गुहेश्वरी द्यः पालाः खड्गी समुह गुह्येश्वरी
४४) श्री पञ्चकुमारी खड्गी सेवा गुठी, डिल्लीबजार
४५) बलराम गुठी, कगं, ल्याखगल्ली
४६) श्री शान्त गुथी, कंकेश्वरी
४७) श्री ईन्द्रायणी सना गुठी, द्यः बुं
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App