वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
बैङ्कमार्फत महानगरलाई राजस्व तथा शुल्क तिर्दा भौचर भर्नु नपर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभागमा राजस्व, सेवा शुल्क तथा दस्तुर तिर्दा बैङ्क भौचर भर्नु नपर्ने भएको छ ।
यस प्रणालीको सबैभन्दा पहिला सेवाग्राही विभागको अकाउन्ट डेक्समा गएर विवरण दिनुपर्छ । यो विवरण सफ्टवेयरमा भरेपछि एउटा कोड सिर्जना हुन्छ । यसलाई प्रिन्ट गर्दा कोड, सेवाग्राही नाम र तिर्नु पर्ने रकमको स्लिप आउँछ । यो स्लिप लिएर एनआइसी एशिया बैङ्कको काउन्टरमा लगेर दिनुपर्छ ।
बैङ्कका कर्मचारीले यो कोड सफ्टवेयरमा प्रविष्ट गराउँछन् । यसबाट उनीहरुलाई महानगरका कर्मचारीले भरेको विवरण प्राप्त हुन्छ । यही विवरणबाट भौचर तयार हुन्छ । यस भौचरमा सेवाग्राहीको फोन नम्बर र हस्ताक्षरबाहेक अरु कुनै पनि विवरण भर्नु पर्दैन ।
‘हातले भौचर भर्दा नाम गलत हुने, खाता नम्बर फरक पर्न सक्ने हुने गथ्र्यो । यो त्रुटी सच्याउन फेरि अर्को प्रक्रियामा समय खर्च गर्नुपथ्र्यो । अब यस्तो खालको समस्या हुँदैन ।’ राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ, ‘आँखा कमजोर भएर फारम भर्न नसक्ने, लेखपढ गर्न नसक्ने सेवाग्राहीलाई सेवा लिन अप्ठ््यारो थियो । अब उहाँहरुले मौखिक विवरण दिए पुग्छ । सबै काम कर्मचारी र सफ्टवेयरबाट हुन्छ । पारदर्शिता र चुस्त सेवाका लागि यो प्रभावकारी छ ।’ अधिकारीकाअनुसार यो सेवा कार्यालयमै सेवा लिन आउने सेवाग्राहीका लागि हो । अनलाइन प्रणालीबाट भुक्तानी गर्नेले आफ्नै मोवाइलबाट सेवा लिन सक्नुहुनेछ ।
महानगरको सफ्टवेयर र साझेदार वैङ्क एनआइसी एशियाको सफ्टवेयर एकीकृत गरेर वडा नम्बर छ बाट सेवा एकीकृत परीक्षण भइरहेको छ । माघ १० गतेदेखि सुरु गरिएको भुक्तानी प्रणालीमा १३ गतेसम्ममा ५० जनाले सेवा लिइसक्नु भएको छ ।
यसबाट प्राप्त नतिजाका आधारमा सेवा विस्तार गर्दै लगिने योजना रहेको राजस्व विभागका प्रम्ख अधिकारीको भनाइ छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App