वि.सं.: २०८३, वैशाख १७ बिहीबार
इ.स.: 2026 April 30,THRUSDAY
वि.सं.: २०८३, वैशाख १७ बिहीबार
'हामीले वडावासीका आँगनमा आधारभूत स्वास्थ्य सेवा पुर्याएका छौँ' - वडाध्यक्ष के. सी.
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १० को सहरी स्वास्थ्य प्रवर्धन केन्द्रले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । आधारभूत स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यसहित करिब १ करोड रुपियाँ लागतमा नयाँ संरचनाबाट सेवा दिन लागिएको हो ।
केन्द्रको उद्घाटन गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न वडाले गरेका प्रयासहरुमा स्वास्थ्य प्रवर्धन केन्द्रको आफ्नै भवन हुनु महत्पूर्ण उपलब्धि भएको बताउनुभयो । ‘एकाघरका सदस्य बिच त सबै विषयमा एउटै मत हुँदैन । वडाभित्रको विविधतायुक्त समाजमा एउटै धारणा अपेक्षा गर्नु हुँदैन । तर, हामीले धेरै वडावासीको भावना समेटेर काम गर्ने प्रयत्न गरेका छौँ । यही प्रयत्नबाट भवन निर्माण भएको छ । सवै वडाबासीले यो भवनलाई आफ्नै भवन सम्झेर संरक्षण गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु ।’ के. सी. को भनाइ थियो ।
वहालमा बसेको ठाउँबाट भन्दा आफ्नै भवनबाट प्रवाह गरिएको सेवाको गुणस्तर उत्कृष्ठ हुन्छ । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी.ले भवन निर्माण हुनु विभागको पनि गौरवको काम भएको उल्लेख गर्नुभयो ।
नागरिक समाजका तर्फबाट वाणगङ्गा टोलसुधार समितिका अध्यक्ष गुणनिधि न्यौपाने, आमा समूहका अध्यक्ष विष्णुदेवी भुसालले स्वास्थ्य सेवा आँगनमा आइ पुगेकोले आफूहरुलाई हर्ष अनुभूति भएको धारणा राख्नुभयो ।
केन्द्रका प्रमुख छत्रबहादुर शाहीका अनुसार नयाँ भवनको भुइँतलामा रिसेप्सन, औषधि वितरण कक्ष (फार्मेसी) र फिजियोथेरापी सेवा रहनेछ । पहिलो तलामा ओपीडी, प्रयोगशाला र परिवार नियोजन सेवा तथा दोस्रो तलामा प्रशासन र भण्डारण कक्षको व्यवस्था गरिएको छ ।
यस केन्द्रबाट फार्मेसी, प्राथमिक उपचार, फिजियोथेरापी, बालरोग उपचार र पोषण जाँच, खोप सेवा, सुरक्षित मातृत्व, परिवार नियोजन र परामर्श, क्षयरोग (डट्स), सुरक्षित गर्भपतन, पाठेघरको मुखको क्यान्सर परीक्षण, एक्सरे लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिनेछन् ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App