वि.सं.: २०८२, कात्तिक २१ शुक्रबार
इ.स.: 2025 November 7, FRIDAY
वि.सं.: २०८२, कात्तिक २१ शुक्रबार
पूर्वतयारीले घटनामा जनधनको क्षति कम गराउन सकिन्छ - वडाध्यक्ष, कार्की
काठमाडौँ । विद्यालयका छात्रछात्रा र स्थानीयबासीलाई काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० ले आकस्मिक घटना व्यवस्थापनका लागि कृतिम अभ्यास गराइएको छ । ग्यालेक्सी स्कूलको छात्राबासमा रहेका छात्रछात्रा र वडाबासीका लागि भूकम्प र आगलागीका कृतिम घटनामा व्यक्तिको भूमिका, गर्नु पर्ने काम, कामका लागि समूह निर्माण, सञ्चार, खोज तथा उद्धार र सुरक्षित रहने ठाउँको पहिचानको अभ्यास गराइएको हो ।
आकस्मिक घटनामा विज्ञ खोज्न थाल्दा पनि र उद्धारका क्रममा गलत अभ्यास गरियो भने पनि, यी दुवै अवस्थामा बचाउन सकिने ज्यान पनि गुम्न सक्छ । यसकारण यस्ता घटनाका कसको के भूमिका हुन्छ र आपसी काम कसरी गर्नुपर्छ भन्ने ज्ञान दिन र सिप प्रदान गर्न कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिनुभयो ।
तत्काल आइलाग्ने घटनाको नजिक हुने व्यक्तिबाहेक छिटो सहयोग अरुले गर्नै सक्दैन । सकेसम्म सहयोग गर्न सक्ने, सहयोग गर्न नसके पनि अज्ञानताका कारण थप जोखिम हुन नदिने अवस्थाका लागि समुदाय स्तरका कार्यक्रमलाई निरन्तरता दिइएको वडा सदस्य मनोज डंगोलले बताउनुभयो ।
आपतकालमा व्यक्तिले होइन, संयन्त्रले काम गर्नुपर्छ । व्यक्तिले गरेको प्रयत्न कमजोर र अपुग हुन्छ । यो सन्देश प्रवाह गर्न आवश्यक छ । वडा सचिव देवराज जोशीले, टोलभित्रै विपद व्यवस्थापनको पहिलो काम गर्ने संयन्त्र गर्ने प्रणालीको विकास गर्न खोजेको बताउनुभयो ।
अभ्यासका क्रममा साइरन बज्न थालेपछि तालिममा रहेका सबै सहभागीहरु दुवै हातले टाउको समाएर आफू बसेको कुर्सीबाट भुइँमा झरेर बसेका थिए । कसैले आफू बसिरहेको कुर्सीले टाउको छोपेका थिए । भूकम्प रोकिएपछि उनीहरु बाहिर खुला ठाउँमा पुगे । त्यस क्रममा हराएका एक व्यक्तिलाई खोजेर स्टेचरको प्रयोगबाट सुरक्षित स्थानमा ल्याउने प्रक्रिया अभ्यास गरिएको थियो ।
यसपछि आगलागी नियन्त्रणलाई विभिन्न क्रियाकलापबाट अभ्यास गरियो । आगोको प्रकार चिन्ने, प्रारम्भिक अवस्थामा आगलागी नियन्त्रण गर्न आफू नजिक भएका बस्तु तथा सामग्रीको प्रयोग गर्ने, फायर इस्टिङ्ग्वीसरको प्रकार, आगोको प्रकृति अनुसार फायर इस्टिङ्ग्वीसरको प्रयोग छनोट, यसको प्रयोग विधिको सिद्धान्तलाई अभ्यास गराइएको थियो ।
वडाले स्टार सेफ्टीसँगको सहकार्यका तालिम आयोजना गरेको थियो । तालिमका प्रशिक्षक उमेरजंग रायमाझीले, घरमा ग्याँस ल्याउँदा गुडाएर नल्याउन, गुडाएर ल्याएको भए आधा घण्टासम्म रेगुलेटर नजोड्न, लाइटर बालेर ग्याँस लिक गएको परीक्षण नगर्न, ग्याँस सकियो भनेर सिलिण्डर लडाएर प्रयोग नगर्न सुझाव दिनुभयो ।
नयाँ ग्याँस जोड्नु अघि लिकेज थाहा पाउन पानीको थोपा राखेर हेर्दा पानीमा फोका देखियो भने लिक भएको थाहा पाउन सकिने रायमाझीको भनाइ छ ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App