वि.सं.: २०८२, चैत ८ आइतबार
इ.स.: 2026 March 22,SUNDAY
वि.सं.: २०८२, चैत ८ आइतबार
जेठ १४ र १५ गते २ दिनको प्रतियोगिता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ७ ले सहिद सहिद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा वुद्धिचाल प्रतियोगिताको उपाधि प्राप्त गरेको छ । वडा नम्बर २२ ले टेबहाल (संकटा मन्दिर परिसर)मा आयोजना गरेको २ दिने ¥यापिड रेटिक चेस प्रतियोगिताकामा वडाले उपाधि पाएको हो । प्रतियोगितामा वडा ७ ले १३ म्याच प्वाइन्ट बटुलेको थियो । विजेता टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।
वडा नम्बर २७ ले ७ चरणको खेलमा ११ म्याच प्वाइन्ट जोडेर दोस्रो स्थान हासिल ग¥यो । वडा नम्बर २ ले १० म्याच प्वाइन्ट र १३.५ टाइ ब्रेकर जोडेर तेस्रो स्थान हासिल गर्यो । वडा नम्बर १४ ले १० म्याच प्वाइन्छ र १२.५ ट्राइब्रेकर बटुलेर चौथो स्थान हासिल गर्यो ।
दोस्रो स्थान हासिल गरेको समूहलाई ३५ हजार रुपैयाँ तेस्रो समूहलाई २५ हजार रुपैयाँ र चौथो समूहलाई २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।
विजेतालाई संकटा क्लबका अध्यक्ष तथा एन्फाका प्रमुख कार्यकारी निर्देशक इन्द्रमान तुलाधरले पुरस्कृत गर्नुभएको थियो । प्रतियोगितामा २९ वटा बडाबाट सहभागी भएका टीमले प्रतिस्पर्धा गरेको खेल कार्यक्रमका संयोजक एवं वडा सदस्य अनिल हाडाले जानकारी दिनुभयो ।



तस्विर सौजन्य : फोटोकालय
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App