वि.सं.: २०८३, असर १६ मंगलबार
इ.स.: 2026 June 30,TUESDAY
वि.सं.: २०८३, असर १६ मंगलबार
अघिल्लो पुस्ताको त्याग र समर्पणबाट युवा पुस्तालाई शिक्षा र प्रेरणा प्रदान गर्न सम्मान कार्यक्रम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २४ ले वडाभित्रका २५ जना विशिष्ट व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । शनिवार औपचारिक कार्यक्रम आयोजना गरेर शिक्षा, स्वास्थ्य, खेलकुद, प्रशासन, कुटनीति, खेलकुद, सामाजिक सेवा सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको हो ।
कार्यक्रमका बारेमा जानकारी दिँदै वडाध्यक्ष विनोदकुमार राजभण्डारीले भन्नुभयो, ‘समाजको प्रेरणाका रुपमा हामीले उहाँहरुलाई सम्मान प्रदान गरेका हौँ ।’ उहाँहरुले देखाउनु भएको परिश्रम, अनुशासन, इमानदारिता, सिर्जनशीलता र राष्ट्रप्रतिको समर्पणबाट नयाँ पुस्ताले प्रेरणा हुनेछ । उहाँको भनाइ थियो ।
सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुमा कूटनीतिक सेवाका केदारभक्त श्रेष्ठ, कुटनीति र अर्थनीति क्षेत्रका अब्बल व्यक्तित्व डा. दुर्गेशमान सिंह, राज्य प्रशासन र सचिवालय सेवामा योगदान गर्ने पशुपतिभक्त महर्जन, सार्वजनिक सेवा तथा प्राविधिक प्रशासनबाट भुवनेश कुमार प्रधानलाई सम्मान प्रदान गरिएको हो ।
यस्तै निजी क्षेत्रको लगानीबाट उद्योग व्यवसाय र संस्थागत नेतृत्वबाट योगदान गर्ने रविभक्त श्रेष्ठ, अर्थशास्त्री कमल चित्रकार, जनरल अर्थोपेडिक्स डा. दीपक मान सिंह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. बलराम श्रेष्ठ, स्थानीय शासन, सार्वजनिक सेवामार्फत योगदान गर्ने इन्द्रमान सिंह सुवाल, उर्जा क्षेत्रमा लामो अनुभव हासिल गरेर विद्युत इञ्जिनियर दिल्लीराज शाक्य, युवा नेतृत्वका प्रवर्धक राजेन्द्र राम श्रेष्ठ, खेलकुद र सामाजिक क्षेत्रबाट शरद कृष्ण श्रेष्ठलाई सम्मान प्रदान गरियो ।
रंगमञ्च र हास्य विधाको कलाकारिताबाट नरेन्द्र कंसाकार, पारालिम्पिकमा तेक्वान्दो विधाबाट कास्य पदक विजेता पलेशा गोवर्धन, वुद्धिचाल खेलाडी बद्रीलाल नेपाली, मिस्टर महानगरको दोस्रो संस्करणका विजेता सगेन्द्र सिंहलाई पनि सम्मानित गरिएको हो । कराँते प्रशिक्षक छोरी डंगोल, बक्सिङ् खेलाडी प्रवीण तुलाधर, एथलेटिक्स खेलाडी रमेश शाक्य, मुवा थाई बक्सिङ प्रशिक्षक तथा खेलाडी राजेश महर्जन, टेनिस खेलाडी नविता श्रेष्ठ, टेवलटेनिस खेलाडी राकेश महर्जन, गीत, संगीत तथा नेपाल भाषाको चलचित्रका प्रवर्धक गोपाल कृष्ण महर्जन, सुगम संगीतकी साधक संगीता शाक्य, महिला क्रिकेटर नीरा राजोपाध्यायलाई सम्मान प्रदान गरिएको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App