Logo

खेल मैदानमा जाने अवसर नपाएका दर्शकका लागि महानगरपालिकाले ३ ठाउँबाट खेलको प्रत्यक्ष प्रसारण गर्ने

आज साँझ साढे ६ बजेदेखि नेपाली टिमले वंगालादेशको टिमसँग फाइनल खेल खेल्ने 

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ को फाइनल खेल हेर्ने अवसरलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउन काठमाडौँ महानगरपालिकाले टुँडिखेल, सानो गौचरन (हाँडीगाउँ) र चावहिलको फुटवल ग्राउण्डमा प्रत्यक्ष प्रसारणको व्यवस्था गर्ने भएको छ । खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेलको अवलोकन गर्ने अवसरका लागि एलइडी स्क्रिन राखेर फाइनल खेलको प्रत्यक्ष प्रसारण हुनेछ । यो निःशुल्क अवसर हो । 

उपाधिका लागि आज नेपाल र वंगालादेशका टिमबिच फाइनल खेल हुँदैछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ । 

खेल मैदानमा गएर खेल हेर्ने अवसर प्राप्त नभएका फुटबलप्रेमी दर्शकहरुलाई खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरपालिकाले अनुरोध गरेको छ ।  

 

  • प्रकाशित मिति: बुधबार १४ कात्तिक २०८१ १२:४८