वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
प्रमुख शाह र गभर्नर अधिकारी बिच भेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्र वैङ्कका गभर्नर महाप्रसाद अधिकारी विच सहकारी क्षेत्रको वित्तिय व्यवस्थापनका विषयमा कुराकानी भएको छ । आज प्रमुख शाहको कार्यकक्षमा भएको भेटका क्रममा महानगरको कार्यक्षेत्रका सहकारीहरुमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि प्रबन्ध गर्नु पर्ने कानुनी व्यवस्थाका विषयमा
कुराकानी भएको हो ।
कुराकानीका क्रममा प्रमुख शाहले, सहकारीहरुमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न काठमाडौँ महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । यसलाई थप प्रभावकारी बनाउन राष्ट्र बैङ्क र विज्ञहरुसँग सहकार्य गर्न तयार रहेको प्रमुख शाहको भनाइ छ ।
सहकारीहरुमा वचतको सिलिङ् सम्बन्धी कानुनी प्रवन्ध गर्न सक्छ । भेटमा गभर्नर अधिकारीले भन्नुभयो, ‘महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैङ्कले उपलब्ध गराउन सक्छ ।’
काठमाडौँ महानगरपालिका क्षेत्रमा अहिले १ हजार ९५५ वटा सहकारी छन् । तीमध्ये १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी हुन् । २६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमुलक, २ वटा शिक्षामुलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका एक÷एक वटा र अन्य ५ वटा सहकारी छन् ।
काठमाडौँ कार्य क्षेत्र भएका सहकारीहरु महानगरको सहकारी विभागमा दर्ता भएर सञ्चालन हुन्छन् । सहकारी वित्तिय जोखिमका उजुरीहरु पर्ने गरेका छन् । यस्ता उजुरीहरुमा बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्य समिति विवाद, लेखा समिति विवाद, ऋण असुली जस्ता विषय छन् । घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएको समस्या सहकारी क्षेत्रमा देखिएका समस्या हुन् ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App