वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
सडकबाट सहयोगापेक्षीको उद्धार कार्यलाई गलत प्रचार गरियो — महानगर प्रहरी बल
काठमाडौँ । सडकबाट अपाङ्गता भएका व्यक्तिलाई महानगरले पक्राउ ग¥यो भनेर प्रकासन भएको समाचारप्रति ध्यानाकर्षण भएको महानगर प्रहरी बलले बताएको छ । दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेको अवस्थामा प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको हो । यस क्रममा उनीमाथि कुनै पनि प्रकारको बल प्रयोग गरिएको छैन । उनी सडकमा चुरोट तथा गुट्खालगायतका बस्तु विक्री गरिरहेका थिए । विषयमा जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘सडकमा भएका सहयोगापेक्षीहरुलाई उद्धार गरेर हामीले मानव सेवा आश्रममा बसोबास प्रबन्ध गर्ने गरेका छौँ । स्वास्थ्योपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुनमिलन गराउने काम गरिरहेका छौँ । कार्कीलाई महानगर प्रहरी बलको गाडीमा राख्नुको उद्देश्य पनि त्यही हो । यस विषयलाई मानवीयतासँग जोडेर प्रचार भएको देखियो । यस्तो प्रचार गलत हो । हामी मानवीयताको सहर बनाउने अभियानअन्तर्गत सडक सहयोगापेक्षीहरुको व्यवस्थापन गरिरहेका छौँ । कार्कीलाई गाडीमा राख्नुको कारण यही कार्यक्रमको निरन्तरता हो ।’
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रचार गरिएका व्यक्तिलाई आश्रम लैजान लाग्दा नमानेपछि हिजो साँझ बहिनी र भाञ्जाका जिम्मामा छाडिएको थियो । आश्रममा जान नमान्ने उनी आज पनि चुरोट, गुट्खालगायत बस्तु विक्री गर्न सडकमै निस्किएका छन् । अहिले नगर प्रहरीले उनलाई आश्रममा जानका लागि सम्झाइ बुझाइ गरिरहेको छ ।
सडकमा अनधिकृत व्यापार गर्नेलाई पक्राउ गरेपछि विवरण खडा गर्ने गरिन्छ । प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना एकाइका प्रमुख नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीका अनुसार उनको कुनै पनि विवरण खडा गरिएको छैन ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App