वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
वडाहरुको वित्तिय प्रगति १८.८४ प्रतिशत
माघ २२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरुबाट चालु आर्थिक बर्षको अघिल्लो ६ महिनामा १८.८४ प्रतिशत वित्तिय प्रगति भएको तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले बताउनुभएको छ । अर्ध वार्षिक समीक्षा अवधिमा प्राप्त विवरणका आधारमा प्रगति प्रतिशत तयार पारिएको उहाँको भनाइ छ ।
धेरै वित्तिय प्रगति गर्नेहरुमा वडा १६, २०, १४, २३ र २६ पहिलो पाँचमा परेका छन् । यी वडाले क्रमशः ५१.६२, ४९.४७, ४२.४, ४१.०५ र ३९.७८ प्रगति हासिल गरेका छन् ।
१० प्रतिशतसम्म प्रगति देखिने ८ वटा वडा छन् । यी वडाहरुमा वडा १७ को ०.७३ प्रतिशत, वडा ३० को २.७६, वडा ११ को ४.५१, वडा १३ को ५.६७, वडा ७ को ५.८७, वडा २२ को ६.८९, वडा १५ को ८.८८, वडा १ को ९.८७ प्रतिशत वित्तिय प्रगति छन् ।
१० प्रतिशतभन्दा धेरै २० प्रतिशतसम्म प्रगति हासिल गर्ने वडाको संख्या १२ वटा छन् । वडा ५ को १०.२५ प्रतिशत, वडा २५ को १०.७३, वडा २७ को ११.९, वडा ३२ को ११.६७, वडा २४ को १३.०४ प्रतिशत वित्तिय प्रगति छ । वडा ८ को १३.३९
प्रतिशत वडा ४ को १४.५५, वडा १२ को १५.४१, वडा २ को १७.९६, वडा ६ को १८.५२, वडा २९ को १८.९५ र वडा १८ को १९.१ प्रगति छ ।
२० प्रतिशतदेखि ३० प्रतिशत वित्तिय प्रगति गर्नेहरुमा ६ वटा वडा छन् । वडा ३१ को २०.८९ प्रतिशत वडा ३ को २१.७५, वडा २१ को २३.९९, वडा २८ को २४.७६
वडा ९ को २५.१४ र वडा १० को २७.८५ को प्रगति छ ।
महानगरको सञ्चित कोषबाट व्यहोर्ने रकम २२ अर्व ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँमध्ये १९ अर्व ६२ करोड ८८ लाख १५ हजार ४३ रुपैयाँ केन्द्रबाट खर्च हुन्छ हो । यसको १५.५४ प्रतिशत वित्तिय प्रगति भएको छ ।
महानगरको कुल बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँमध्ये ३ अर्व ५ करोड १ लाख ४७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाबाट प्राप्त हुने आम्दानी हो । यो रकम सञ्चित कोषबाट खर्च हुँदैन ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App