वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
ढुङ्गेधारा र भूमिगत पानी पुनर्स्थापना अध्ययन गर्न सम्झौता
काठमाडौँ । काठमाडौँका ढुङ्गेधारा र भूमिगत पानी पुनर्स्थापनाको अध्ययन गर्न काठमाडौँ महानगरपालिकाले इञ्जिनियरिङ् अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य गर्ने भएको छ । यसका लागि आज महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्य बिच सम्झौता पत्रमा हस्ताक्षर भयो ।
ढुङ्गेधारा प्रणालीसँग सहरी विकासको सृङ्खला जोडिएको छ । सहरलाई मानव बसोबास योग्य बनाइ राख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनभरणको रैथाने विधिलाई बैज्ञानिक कोणबाट अध्ययन गर्नु पर्ने आवश्यकता महसुस गरेर इञ्जिनियरिङ् अध्ययन संस्थानसँग सम्झौता गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको भनाइ छ ।
दुई पक्षीय सहकार्यबाट मानव बसोबासका लागि महत्वपूर्ण तथ्याङ्क प्राप्त हुने क्याम्पस प्रमुख आचार्यको भनाइ छ ।
विज्ञहरुबाट काठमाडौँ उपत्यकाको ढुङ्गेधारा प्रणाली र भूमिगत पानीको सतह सम्बन्धी घटना क्रम अध्ययन गर्नु सम्झौता बमोजिमको मुख्य काम हो । जल विज्ञान अवस्थाको अध्ययन विश्लेषणका लागि दुवै पक्षको सहभागिता रहनेछन् ।
अध्ययनमा हिटी (ढुङ्गेधारा) निर्माण, उपयोग तथा संरक्षण सम्बन्धी रैथाने ज्ञान र सीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरुको सौन्दर्यको पक्ष समेटिनेछ । यस्तै प्राचीन प्रणाालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । त्यस्तै आधुनिक विकाससँग परम्परागत ढुङ्गे धारा प्रणाली संरक्षणको योजना र विकासमा अध्ययन गरिनेछ ।
स्मारक तथा अन्य क्षेत्रमा भएका ढुङ्गेधारा सम्बन्धी अभिलेख तयार गर्नु, तस्विर संग्रह गर्नु सम्झौताको अर्को महत्वपूर्ण काम हो । अध्ययनबाट देखिएको अवस्थाका आधारमा आकाशे पानी संकलन तथा पुनभरण, ढुङ्गेधाराको दिगो उपयोग र संरक्षण सम्बन्धी प्रस्ताव तथा शिफारिस दिइनेछ ।
सम्झौता २ बर्षका लागि हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App