वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
काठमाडौँ र फेडरिसवर्ग नगर बिच फोहोर व्यवस्थापन अनुभव आदान प्रदान
काठमाडौँ । काठमाडौँ महानगर र संयुक्त राज्य अमेरिकाको फेडरिसवर्ग नगरले फोहोर व्यवस्थापनका लागि आफूले गरेका कामको अनुभव आदान प्रदान भएको छ । भर्चुअल विधिबाट विहीबार आपसी ज्ञान, सीप र अनुभव आदान प्रदान गरिएको हो । त्यस क्रममा काठमाडौँ महानगरका तर्फबाट सरिता राईले र फेडरिसवर्गका तर्फबाट म्याथु केलीको नेतृत्वमा समूहगत प्रस्तुतिकरण भएको थियो ।
प्रस्तुतिकरणमा फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन, स्रोतमा भएको फोहोर घटाउने विधि, फोहोरको प्रकृति, रेष्टुरेन्टलगायत ठाउँबाट उत्पादन हुने तेल र खाद्य फोहोर फोहोर, उद्योगबाट उत्पादन हुने औद्योगिक फोहोर, हानीकारक र साधारण फोहोर, प्लाष्टिक, शिशा, कागजलगायत बस्तुको गुण र व्यवस्थापन विधिहरु समेटिएका थिए । प्रस्तुतिसँगै भएको छलफलका क्रममा फोहोर व्यवस्थापनमा हुने खर्च, फोहोरसँग लगाइने शुल्क तथा दस्तुर, यसबाट प्राप्त भएको रकमबाट व्यवस्थापनमा पुग्ने योगदान, ल्याण्डफिल साइट र यसको दिगो व्यवस्थापनका विषयमा आफ्ना आफ्ना अनुभव सुनाइएको थियो ।
अनुभव आदान प्रदानका क्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले, स्वच्छ, सफा र हरियाली सहर निर्माणका लािग आपसी ज्ञान, सीप र अनुभवबाट नतिजाका लागि क्षमता बढ्ने बताउनुभयो । सम्बन्ध विकास भएपछि नगर व्यवस्थापनका पक्षलाई नजिकबाट चिन्ने अवसर प्राप्त भएको, यस क्रममा बुझाइले सहरी विकास र व्यवस्थापनमा सहयोग पुग्ने उपप्रमुखको भनाइ थियो ।
हाम्रा धेरै साझा मुद्दा छन् । ती मुद्दा सुल्झाउन आपसी नीतिगत प्रबन्ध र व्यवहारिक क्रियाकलापको निष्कर्ष दुवै पक्षलाई काम लाग्ने हुन्छन् । यसबाट दुवै नगरको लाभ हुन्छ । त्यस क्रममा फेडरिसवर्ग नगरकी मेयर मेरी क्याथरिन ग्रीन लले धारणा राख्नुभयो ।
यस प्रकारको छलफल भगिनी सम्बन्ध स्थापनाका लाभ हुन् । छलफलबाट निस्किएको नतिजाबाट नागरिक तहमा फाइदा पुग्छ । फेडरिसवर्ग काठमाडौँ भगिनी सम्बन्धका अध्यक्ष एवं नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट देलिसीको धारणा थियो ।
त्यस क्रममा काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई पनि सहभागी गराइएको थियो । अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयले आयोजना गरेको कार्यक्रमलाई काठमाडौँ फेडरिसवर्ग भगिनी सम्बन्ध समितिका अध्यक्ष नविन महर्जनले सहजीकरण गर्नुभएको थियो ।
सहरीकरणसँग सम्बन्धित मुद्दामा आपसी ज्ञान, सीप र अनुभव आदान प्रदान गरेर सम्बन्धको लाभ नागरिक तहमा पु¥याउन अन्तरराष्ट्रिय नगरहरुसँग नियमित कार्यक्रम छन् । अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराईको भनाइ छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App