वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदनमा छलफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को प्रारम्भिक सामाजिक परीक्षण प्रतिवेदन माथि छलफल भएको छ । विहीबार जेडिए भवनको सभा कक्षमा एलआर ढकाल एण्ड एशोसियटले प्रस्तुत गरेको प्रतिवेदनले औँल्याएका विभाग र वडाको अवस्था तथा सुझावका विषयमा छलफल भएको हो ।
छलफलपछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले, सामाजिक प्रतिवेदनमा नागरिकले महानगरलाई हेर्ने दृष्टिकोण देखिनुपर्ने बताउनुभयो । ‘अन्य पालिकालाई दिए जस्तै सुझावसँग काठमाडौँको अवस्था मिल्दैन । त्यसैले हरेक विषयको सुक्ष्म अध्ययन गरेर मात्र सुझाव दिन सकिन्छ ।’ अधिकारीले भन्नुभयो, ‘सामाजिक उत्तरदायित्वसँग ट्रिपल पी अर्थात् प्रोफिट (लाभ), पिपुल (नागरिको अपनत्व) र प्लानेट (वातावरण) सामाजिक परीक्षणका विषय हुन् । यी विषयमा तथ्यगत विषय आउनुपर्छ ।’
प्रारम्भिक प्रतिवेदनमा समग्र लेखाजोखाको कार्य सम्पादन ५४.२२ प्रतिशत देखिएको छ । २४ वटा कार्य क्षेत्रमा भारित प्रगतिको कुल परिणाम १ हजार ४४६, वित्तिय प्रगतिको कुल परिणाम ८०३ र कार्यक्रम संख्यात्मक सञ्चालन परिणाम १ हजार ६५५ देखिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App