वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
विगतको सिकाइबाट अबको छोटो समयमा महानगरले वार्षिक लक्ष्य पूरा गर्ने योजना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षको अन्त्यसम्ममा लक्ष्य पूरा गर्न विगतका चुनौती र समस्या केलाउनु पर्ने महानगरका प्रमुख प्रशासकीय बसन्त अधिकारीले बताउनुभएको छ । सहरी शासन र सेवा प्रवाह विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
चालु आर्थिक बर्षका लागि महानगरले लिएका क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनमा आएको ६ महिना पूरा भइसकेको छ । अहिलेको अवस्था हेर्दा बाँकी ६ महिनामा लक्ष्य पूरा गर्न चुनौत िछ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘विगतमा देखिएका चुनौती र समस्या समाधानलाई सामुहिक दृष्टि बनाउनुपर्छ ।’
वडाबाट प्रवाह गरिने ८८ प्रकारका सेवामध्ये ३५ वटा शिफारिस र प्रमाणितमा केन्द्रीत छन् । बाँकी ५३ प्रकारका काम ओझेलमा परे जस्ता छन् । यो एउटा उदाहरण हो । यस्ता विषयलाई सुक्ष्म रुपमा हेर्न थालेपछि लक्ष्य पूरा गर्न सहज हुन्छ । उहाँको भनाइ थियो ।
गोष्ठीमा सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले, महानगरका लक्ष्य र योजनालाई जनमैत्री कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । विगतमा देखिएका कमजोरी र समस्या केलाएर अबको छोटो अवधिमा लक्ष्य पूरा गराउनु पर्छ । उपाध्यक्ष खड्काको भनाइ छ ।
गोष्ठीमा अर्ध वार्षिक समीक्षाबाट देखिएका प्रगति र पूरा गर्न नसकिएका लक्ष्यको विश्लेषण हुने प्रशासन विभागका प्रमुख दिपक अधिकारीको भनाइ छ ।
मानव संशाधन विकास महाशाखाका प्रमुख गंगाधर गौत्तमका अनुसार गोष्ठीमा स्थानीय तहमा राजस्व परिचालन र सम्भावना र सेवा प्रवाह प्रणालीको समीक्षा र सुधारका उपायहरुसहित विभागीय प्रस्तुतिहरु रहनेछन् । यस्तै महानगरसँग जोडिएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय जिम्मेवारी, मूल्याङ्कन सूचकहरु र उपलब्धी लगायत विषयमा छलफल हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App