वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
बन्द भाटभटेनी पार्क खुल्ला
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ५ भाटभटेनी मन्दिर नजिकको बन्द पार्क आजदेखि खुल्ला गरिएको छ । ‘लामो सयमदेखि बन्द रहेको पार्क हामीले सर्बसाधारणलाई प्रवेश खुल्ला गरेका हौँ । यस क्रममा सरसफाइको काम भइरहेको छ ।’ वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापती भन्नुहुन्छ, ‘वडाभित्र भाटभटेनी र रुद्रमती गरी २ वटा पार्क निर्माण सम्पन्न भएका पार्क हुन् । हामी थप २ वटा पार्क निर्माण गर्ने योजनामा छौँ ।’
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ७२ वटा पार्क छन् । यी पार्कहरु महानगरको लगानीमा केन्द्र र वडाको अगुवाईमा निर्माण भएका हुन् । केही पार्क निर्माणका लागि उपभोक्ताहरुलाई सहभागी गराइएको छ । सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाकाअनुसार जम्मा पार्कमध्ये १८ वटा निर्माणाधीन छन् भने बाँकी निर्माण भइसकेका छन् । निर्माण सम्पन्न भएका पार्कहरु केही वडालाई हस्तान्तरण गरिसकिएको छ भने केही हस्तान्तरण चरणमा छन् ।
काठमाडौँ महानगरपालिकाले पार्क निर्माण तथा हरियाली प्रवर्धनका लागि ‘हरियाली प्रवर्धन तथा उद्यान विकास परियोजना’ सञ्चालनमा ल्याउन लागेको छ । गएको पुसमा सम्पन्न नगर सभाले यो संरचना स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागेको हो । परियोजनाका प्रमुख नमराज थापा भन्नुहुन्छ, ‘सहरलाई जीवन्त बनाउन दिगो हरियाली आवश्यक छ । यसका लागि रैथाने जातका विरुवा जोगाउँदै सबै महिना हरियो हुने, विभिन्न रङ्गका फूल फुल्ने विरुवा रोप्ने योजना छ । उद्यानहरुको दिगो व्यवस्थापन गरेर सबै उमेर समूहका व्यक्तिलाई रुची हुने तथा शारीरिक प्रतिकुल अवस्था भए पनि प्रवेश गर्न सक्ने खालका उद्यान बनाउँदैछौँ । यी उद्यानहरु आराम गर्ने तथा मनोरञ्जनका लागि योग्य हुनेछन् ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App