वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
६ महिनामा आयतर्फ लक्ष्यको ४३.८२ प्रतिशत प्रगति
काठमाडौँ । काठमाडौँ महानगरले चालु आर्थिक बर्षको अघिल्लो ६ महिनामा ४ अर्व ५६ करोड ६ लाख २९ हजार ७ हजार १२ रुपैयाँ २४ पैसा आन्तरिक आय रकम संकलन गरेको छ । यो रकम प्रस्तावित १० अर्व ४ करोड १९ लाख ५४ हजार रुपैयाँको ४३.८२ प्रतिशत हो ।
सम्पत्ति करमा यस बर्ष १ अर्व रुपैयाँ प्रस्ताव गरिएको थियो । जसको ६५.२ प्रतिशत अर्थात् ६५ करोड २० लाख १० हजार ८ सय रुपैयाँ संकलन भएको राजस्व विभागले जनाएको छ । २ अर्व ५० करोड रुपैयाँ प्रस्ताव गरिएको घर जग्गा रजिष्ट्रेसन दस्तुरको १५.५१ प्रतिशत अर्थात ३८ करोड ७८ लाख ७० हजार ८ सय रुपैयाँ संकलन भएको छ । २ अर्व प्रस्ताव गरिएको वहाल करतर्फ १ अर्व १८ करोड १५ लाख ५१ हजार ४ सय रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ५९.०८ प्रतिशत हो ।
संविधानको अनुसूची ८ मा भएको व्यवस्था बमोजिम बहाल कर स्थानीय तहको एकल अधिकारभित्र पर्छ । तर, संघिय सरकारले संस्थागत बहाल कर आफ्नो क्षेत्राधिकारभित्र रहेको भन्दै आफैँ संकलन गरेको छ । यसबाट करदातालाई पालिका र संघिय सरकारलाई दोहोरो कर बुझाउनु पर्ने परिस्थिति सिर्जना भएको छ । यस अवस्थाले एकातिर महानगरको अधिकार क्षेत्र मिचिएको छ । अर्कोतिर लक्षित आय पूरा गर्न चुनौती भएको छ । राजस्व विभागका प्रमुख ध्रुव काफ्लेको भनाइ छ ।
नक्सापास दस्तुरमा ७५ करोड प्रस्ताव गरिएकोमा ४१ करोड ५७ लाख ८६ हजार ७४४ रुपैयाँ प्राप्त भएको छ । यो लक्ष्यको ५५.३ प्रतिशत प्रगति हो । ५५ करोड प्रस्ताव गरिएको व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३१ करोड ४२ लाख ९ हजार रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ५७.१३ प्रतिशत हो ।
३६ करोड ५२ लाख ५४ हजार रुपैयाँ प्रस्ताव गरिएको बाँडफाँडतर्फ मूल्य अभिवृद्धि करबाट ८ करोड ९२ लाख ७३ हजार ७ सय (२४.४४ प्रतिशत) प्राप्त भएको छ । बाँडफाँडमै सवारी साधन करतर्फ ४६ करोड ३४ लाख ९९ हजार रुपैयाँ प्रस्ताव गरिएकोमा १२ करोड ९ लाख ८७ हजार ८ सय रुपैयाँ (२६.१ प्रतिशत), मनोरञ्जन करतर्फ ५० लाख रुपैयाँ प्रस्ताव गरिएकोमा ९० लाख ८२ हजार रुपैयाँ (१८१.६५ प्रतिशत) र बिज्ञापन करतर्फ ८० करोड रुपैयाँ प्रस्ताव गरिएकोमा १ करोड २३ लाख ६१ हजार ९७३ रुपैयाँ (१५.४५ प्रतिशत) आय रकम प्राप्त भएको छ ।
साना सवारी करतर्फ ५ लाख रुपैयाँ प्रस्ताव गरिएकोमा यस शीर्षकमा आय हुन सकेको छैन । यस्तै बाँडफाँडबाट प्राप्त हुने अन्त शुल्क तर्फ पनि आय प्राप्त भएको छैन । वित्तिय निकायबाट प्राप्त हुने व्याजबाट १ लाख रुपैयाँ र अन्य निकायबाट प्राप्त लाभांसमा ५ लाख रुपैयाँ आय प्रस्ताव गरिएको थियो । यी दुवै शीर्षकमा आय प्राप्त भएको छैन । २ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको पूँजीगत सशर्त अनुदान शीर्षकमा पनि आय भएको छैन ।
परीक्षा शुल्कमा आय प्रस्ताव गरिएको थिएन । यस शीर्षकबाट २४ हजार ३ सय रुपैयाँ आय प्राप्त भएको छ ।
यससँगै पर्यटन शुल्क, विक्रीबाट प्राप्त रकम, सेवा शुल्क, अन्य प्रशासनिक सेवा शुल्क, न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, पार्किङ्क शुल्क, शिफारिस दस्तुर, प्रशासनिक दण्ड, जरिवाना र जफत, धरौटी सदरस्याहा, वेरुजु लगायत शीर्षकबाट आय प्राप्त हुन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App