वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
रञ्जितले लिए मोवाइलबाटै घरबाटो शिफारिस : फेसलेस गभर्नान्सको अभ्यास सफल
काठमाडौँ । वडा नं. १५ का सेवाग्राही राज्य रञ्जितको घर बाटो शिफारिस मोवाइलबाटै प्राप्त भएको छ । आज उहाँले केएमसी एपको प्रयोग गरेर शिफारिसका लागि निवेदन दिनुभयो । सेवा शुल्क तिर्नुभयो । त्यसको केही समयपछि आफ्नै मोवाइलमा शिफारिस प्राप्त गर्नुभयो ।
महानगरको एकीकृत विद्युतीय शासन सम्बन्धी प्रणालीमा रञ्जितको विवरण प्राप्त भएपछि वडा सचिव शुशिल सुवेदीले रुजु गरेर डिजिटल सिग्नेचरबाट प्रमाणीकरण गर्नुभयो । यसपछि विवरण वडाध्यक्ष ईश्वरमान डंगोलकोमा पुग्यो । त्यसमा वडाध्यक्ष डंगोलले डिजिटल सिग्नेचरसहित प्रमाणीकरण गरेपछि प्रमाणा पत्र रञ्जितको मोवाइलमा गयो । यो प्रमाण पत्र प्राप्त गरेपछि रञ्जित महानगरको फेसलेस सेवाको लाभ प्राप्त गर्ने पहिलो लाभग्राही हुनुभएको छ ।
यो प्रणालीमा इ—शिफारिस, दर्ता चलानी सेवा छन् । सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको मोवाइल एप्लिकेसन केएमसी एपबाट आफ्ना विवरण भरेपछि ती तथ्याङ्क तथा सूचना वडा सचिवकोमा पुग्छ । त्यहाँबाट प्रक्रिया सुरु हुन्छ । यसको प्रमाणीकरणका लागि वडा सचिवहरुलाई डिजिटल हस्ताक्षर टोकन दिइसकिएको छ ।
एकीकृत विद्युतीय शासन प्रणालीका विकासकर्ता स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईकाअनुसार वडा तहबाट प्रवाह गर्नु पर्ने ८८ प्रकारका सेवामध्ये ४५ प्रकारका शिफारिस सेवालाई प्रणालीमा प्रविष्ट गराइसकिएको छ । यसलाई वडाबाट आफैँले सेवा थप गर्न सकिने बनाइएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App