वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
सुरज आर्केडको बेसमेन्ट, पार्किङका लागि तयार
काठमाडौँ । न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट पार्किङका लागि तयार भएको छ । केही समय अघि यो ठाउँ व्यवसायिक प्रयोजनमा थियो । महानगरले स्वीकृत नक्सा र वर्तमान उपयोगको अवस्था अनुगमन गरेपछि आर्केड व्यवस्थापनले पार्किङ् प्रयोजनमा रुपान्तरण गरेको हो ।
कम्प्लेक्सको बेसमेन्टमा अहिले एकै पटक ३ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने भएको छ । कम्प्लेक्समा पार्किङ् सुविधा थपिएसँगै सधैजसो सवारी चाप रहने नयाँ सडक क्षेत्रमा यातायात व्यवस्थापनमा सहयोग पुग्नेछ ।
काठमाडौ महानगरपालिकाले ०७९ साउन २ गते ३५ दिने सार्वजनिक सूचना गरेर बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न अनुरोध गरेको थियो । सूचनाको म्याद सकिएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट महानगरले अनुगमन गर्दै कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो ।
अनुगमनपछि सुन्धारामा रहेका काठमाडौँ मल, आरबी कम्प्लेक्स, दरबार मार्गमा रहेका लण्डन पब र दरबार मलको भूमिगत तला पार्किङ् सुविधामा रुपान्तरण भएका छन् । यस्तै नयाँ बानेश्वर, कलंकी, त्रिपुरेश्वर लगायत स्थानमा बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङ्का लागि खाली गराइसकेको छ । यसरी खाली गराइएका संरचनाहरुमा नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा प्राप्त गरेका हुन् ।
यससँगै मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडव्याक हटाउने क्रमलाई निरन्तरता दिइएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App