वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
प्रमुख शाह र उपप्रमुख डंगोलसँग राजदूत फेलिसिटीको शिष्टाचार भेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा भएको भेटका क्रममा अटिजम सचेतना प्रवर्धन कार्यक्रममा विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा प्रमुख शाहले सामाजिक जिम्मेवारीलाई महानगरले प्राथमिक जिम्मेवारी रुपमा ग्रहण गरेको बताउनुभयो ।
पारिवारिक र सामाजिक समस्याका रुपमा रहेको अटिजमका विषयमा सचेतना कार्यक्रममा सहकार्यप्रति आफू उत्साहित रहेको राजदूत भोल्कको भनाइ थियो ।
सांगीतिक कार्यक्रम मार्फत सचेतना अभिवृद्धि गर्न महानगरपालिका, नेपालका लागि अष्ट्रलियाको दूतावास र अटिजम केयर नेपाल सोसाइटी बिच सहकार्य गर्ने विषयमा कुराकानी केन्द्रित थियो । कार्यक्रममा अटिजम भएका बालबालिकाको प्रस्तुति रहनेछ ।
अजिटम भएका बालबालिकाको समस्या छिटो पहिचान गर्न सकियोस । उनीहरुले पाउनु पर्ने सुविधा छिटै प्राप्त गर्न सकुन । सरकारका नीति तथा कार्यक्रममा अटिजमको विषयले प्राथमिकता पाउन सकोस । भन्ने सन्देश प्रवाह गर्नु सचेतनामूलक कार्यक्रमको उद्देश्य हो ।
सेन्टर फर डिजिट कन्ट्रोलको तथ्याङ्क अनुसार ४४ जना बालबालिकामध्ये १ जनामा अटिजम भएको देखिन्छ । यो किन र कसरी हुन्छ? कारण थाहा छैन । निको पार्न सकिँदेन । जीवनभर रहिरहन्छ । यसकारण अटिजमलाई ग्वोबल पब्लिक हेल्थ क्राइसिसका रुपमा लिइएको छ ।
अटिजम केयर नेपाल सोसाइटीका प्रशासकीय प्रमुख सुरेन्द्र बज्राचार्यका अनुसार अटिजम भएका बालबालिकाहरुलाई सामाजिक व्यवहार थाहा हुँदैन । सञ्चार क्षमता हुँदैन । जीवन चलाउन आवश्यक सीप विकास हुँदेन । यसकारण जीवन भर अभिभावकको साथ र सहयोग चाहिन्छ ।
समयमा समस्या पहिचान गर्न सकिएन भने भोलि अटिजम परिवार, समाज र देशकै लागि भार बन्न सक्छ । त्यसैले यसमा सरकारको जिम्मेवारी आवश्यक छ । बज्राचार्यका अनुसार यस विषयमा जनसाधारणमा सचेतना र सरकारलाई ध्यानाकर्षण गराउन आवश्यक रहेकोले सचेतनामुलक कार्यक्रम गर्न लागिएको हो ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App