वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
महानगरका कर्मचारीको सहकारीमा ६ करोड २५ लाख १० हजार रुपैयाँ बचत संकलन
काठमाडौं । महानगर कर्मचारी वचत तथा सहकारी सस्था लिमिटेडले आ. व. आ. व. २०७८/०७९ को अन्त्यसम्ममा ६ करोड २५ लाख १० हजार रुपैयाँ बचत संकलन भएको छ । शुक्रबार सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष महेश काफ्लेले प्रतिवेदन प्रस्तुत गर्दै यस सम्बन्धी जानकारी गराउनुभएको हो । महानगरमा कार्यरत १५५ जना महिला र ३५६ जना पुरुष गरी ५११ जना शेयर सदस्य रहेको सहकारीबाट २५ जना अलग हुनुभएको छ । सहकारीमा प्रति शेयर १ सय रुपैयाँका दरले १ करोड २ लाख ८० हजार रुपैयाँ चुक्ता शेयर पुँजी छ भने ७५ हजार रुपैयाँको स्थिर सम्पत्ति छ । मासिक ५ हजार रुपैयाँका दरले बचत संकलन गर्ने गरिएको छ । सहकारीले ७ करोड ८६ लाख रुपैयाँ वचत परिचालन भएको छ ।
संस्थाले बचतकर्तालाई वार्षिक ६ प्रतिशत व्याज दिने गरेको छ ।
महानगरमा २ हजार बढी कर्मचारी हुनुहुन्छ । सहकारीका सदस्यको संख्या ५ सय छ । यो संख्या बढाएर सहकारीको आकार बढाउनु पर्छ । साधारण सभामा बोल्दै महानगरको सुशासन समितिका संयोजक एवं वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले, महानगर सहकारीमा वित्तिय जोखिम नभएको उल्लेख गर्नुभयो ।
सभामा सचिव उत्तम दाहालले कार्य समिति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा सञ्चालक समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, पदपूर्ति समिति, सल्लाहकार समिति र कोष परिचालन सुझाव समिति रहेको जानकारी दिनुभयो । लेखा तथा सुपरीवेक्षण समितिका संयोजक विकास चित्रकारले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा ऋण सम्बन्धी संरक्षण र धितो सम्बन्धी व्यवस्था सन्तोषजनक रहेको उल्लेख छ ।
२०६५ सालमा ४५ जना कर्मचारीहरुबाट सुरु गरिएको सहरकारीले शेयर सदस्य कर्मचारीको तलवबाट मासिक रकम काटेर खातामा जम्मा गर्ने गरेको छ । यो रकम शुरुवात्मा ५ सय रुपैयाँ थियो । त्यसपछि १ हजार रुपैयाँ र २०७४ साल पुष महिनादेखि २ हजार रुपैयाँ काटेर जम्मा गर्न थालिएको थियो । यसलाई बढाएर अहिले ५ हजार रुपैयाँ पु¥याइएको छ । सहकारीले शेयर सदस्यहरुलाई ऋणबाहेक औषधि उपचार, परिवहन, सञ्चार, किरिया, सुत्केरी खर्चलगायतका सुविधा उपलब्ध गराउँदै आएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App