वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
बेलिकन क्रसिङ् र स्मार्ट लाइट परीक्षणको नतिजा सकारात्मक
काठमाडौँ । पैदल यात्रीको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले बेलिकन क्रसिङ् परीक्षण गरेको छ । केन्द्रीय कार्यालय परिसर बाग दरबारमा शुक्रवार यसको परीक्षण गरिएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठ, नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित अधिकारीहरु परीक्षण अवलोकनमा सहभागी हुनुभएको थियो ।
परीक्षणको नतिजा सकारात्मक देखिएको अधिकारीले अवलोकनपछि प्रतिक्रिया दिनुभयो । महानगरपालिकाले सडक सुरक्षा, सार्वजनिक यातायात प्रणालीको सुधार, रात्रीकालीन आवागमन सहजीकरण तथा पैदलयात्री मैत्री सडक निर्माणका लागि विभिन्न अध्ययन र प्रयोगहरु गरिरहेको छ । प्राप्त नतिजाका आधारमा उत्कृष्ट प्रणाली जडान गर्ने योजनाअनुरुप अध्ययन र प्रयोग भइरहेका हुन् ।
बेलिकन क्रसिङ् सवारी गुड्ने सडक किनारामा राखिन्छ । पैदल यात्रीले सडक पार गर्नु प¥यो भने प्रणालीमा राखिएको स्वीच थिचेपछि सवारी गुड्ने सडकतर्फ रातो बत्ती र जेव्रा क्रसिङ्मा हरियो बत्ती बल्छ । महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार बालबालिका, अशक्त तथा आपतकालीन अवस्थामा सडक पार गर्नु पर्ने अवस्थाको सुविधाका लागि यो प्रणाली जडान गर्ने अन्तरराष्ट्रिय अभ्यास छ ।
क्रसिङ्सँगै स्मार्ट लाइटको पनि परीक्षण भएको छ । यो जेव्रा क्रसिङ् भएको ठाउँमा सडकबत्तीमा जडान हुने प्रणाली हो । प्रणाली जडान गरिएको पोलमा संकेतसहितको बोर्ड हुन्छ । यो बोर्डतर्फ हात हल्लाएपछि बत्तीको प्रकाश थप चहकिलो हुन्छ । यसबाट पैदल यात्रीलाई सडक पार गर्न सहज हुन्छ । बत्ती चहकिलो बलेपछि सवारी साधनलाई सडकमा पैदल यात्री भएको थाहा पाउन सजिलो हुन्छ । अन्य समयमा सामान्य प्रकाशमा बत्ती बलिरहेको हुन्छ ।
विकासकर्ताको प्रणाली हे¥यौ । अब यसलाई पैदल यात्रीको प्रयोगका परीक्षण गर्न सहरका २ ठाउँमा नमूना जडान गर्ने योजनामा छौँ । श्रेष्ठले योजना सुनाउनुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App