वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
मन्त्री शर्मा र प्रमुख शाह बिच भेट वार्ता : सूचना सञ्चार र सञ्चार प्रविधि कुराकानीको मुख्य विषय
काठमाडौँ । सञ्चार सेवा र सीमाको विषय कानुनले निर्देशित गर्ने बनेको विधेयक छलफलका लागि पठाउने तयारी भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभएको छ । मन्त्रालयमा आज काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँगको भेटका क्रममा उहाँले मौजुदा कानुनको प्रयोग गरेर तार व्यवस्थापन लगायत क्षेत्रमा काम गर्न सकिने बताउनुभयो ।
इन्टरनेट सेवा प्रदायकहरुका तारको सञ्जालले सहरी सौन्दर्यमा असर गरेको र आगलागीको जोखिम रहेको विषयमा मन्त्री शर्माले सरोकारवालासँग छलफल गर्न मन्त्रालयले संयोजन गर्ने बताउनुभयो ।
कुराकानीका क्रममा प्रमुख शाहले, पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर झुटा विवरण राख्दै गलत सूचना दिने गतिविधि बढेको बताउनुभयो । ‘यस्ता सूचना र सामग्रीबाट व्यक्तिको सामाजिक तथा सार्वजनिक प्रतिष्ठा र शिष्टाचारमा आँच पुगेको छ । त्यसैले कम्प्युटर र इन्टरनेट सञ्जालको प्रयोग गरेर जालसाजीबाट सामाजिक अपराधमा सम्लग्न कसुरदारलाई कानुनी दायरामा ल्याउने नीतिगत प्रबन्ध गर्नुपर्ने भएको छ ।’ प्रमुख शाहले, सुसूचित हुन पाउने नागरिकको हक प्रत्याभूत गर्न भ्रामक सूचना, समाचार र सन्देशलाई नियन्त्रण गरिनुपर्नेमा जोड दिनुभयो ।
‘भ्रामक समाचार दिने पत्रपत्रिका, टेलिभिजन, रेडियोलगायत आमसञ्चार र युट््युवलगायत सामाजिक सञ्जाल व्यवस्थित हुनुपर्छ । गुगल (युट्युव), फेसबुक, ट्वीटर लगायतका सञ्जालहरुको नेपालमा कार्यालय खोल्नु पर्छ । यी माध्यमलाई करको दायरामा ल्याउनु पर्छ ।’ प्रमुख शाहको भनाइ छ ।
सूचना र तथ्याङ्क सदुपयोग गर्न नीतिगत प्रबन्ध हुन सके मात्र संवेदनशीलता जोगिन सक्ने विषयलाई कुराकानीका क्रममा जोड दिइएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App