वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
कर्मचारी सरुवा मापदण्ड तर्जुमा गर्ने सुशासन समितिको निर्णय
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सरुवा सम्बन्धी मापदण्डका विषयमा छलफल भएको छ । आज सुशासन समितिका संयोजक ख्यामराज तिवारीको अध्यक्षतामा बसेको बैठकमा मानव संशाधन विकास महाशाखा प्रमुख गंगाधर गौत्तमले मापदण्ड सम्बन्धी मस्यौदा पेश गर्नुभएको थियो । काठमाडौँ महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सेवा, सर्त तथा सुविधा व्यवस्थापन गर्न बनेको ऐन २०७७ को दफा ११४ र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर तयार पारिएको मस्यौदा मापदण्डमाथि आउँदो बैठकमा थप छलफल गरी कार्यपालिकामा पेश गर्ने बैठकले निर्णय गरेको छ ।
कर्मचारीहरुको कार्य क्षेत्रगत अनुभव र व्यक्तिगत कार्य क्षमता विकास गर्न सरुवा मापदण्ड आवश्यक देखिएको छ । संयोजक तिवारी भन्नुहुन्छ, ‘यसबाट कर्मचारीको सरुवा न्यायपूर्ण र व्यवस्थित हुन्छ । मनोबल उच्च हुन्छ ।’
नियुक्त हुँदाको सेवा, समूह, योग्यता, दक्षता तथा साविक पदमा बसेर काम गर्दाको कार्य सम्पादनलाई सरुवाको मापदण्ड बनाउनु पर्ने बैठकमा सुझाव प्राप्त भएको छ । कार्य सम्पादन प्रक्रियामा गुनासो आएमा २ बर्षको अवधि पूरा नभए पनि सरुवा गर्न सकिने विषय बैठकमा महत्वका साथ उठेको थियो ।
सरुवा गर्ने समय, रवाना लिने, हाजिर हुने, कार्य विवरण पठाउने, अन्यत्र कार्यालयबाट सरुवा भएर आएका कर्मचारीहरुको व्यवस्थापन लगायत विषय मापदण्डमा समेटिने छन् ।
बैठकमा समितिका सदस्यहरु भाइराम खड्गी, सरोज ढकाल, विभागीय प्रमुख दिपक अधिकारी, महाशाखा प्रमुख सरिता राई सहभागी हुनुहुन्थ्यो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App