वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
क्षेत्रगत नीति समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत अधिकारीको आग्रह
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई आग्रह गर्नुभएको छ । आज जेडिए कम्प्लेक्सको सभा कक्षमा बसेको यसएमटी (सिनियर म्यानेजमेन्ट टीम) बैठकमा उहाँले यस्तो बताउनुभएको हो । ‘विभागले आफू सम्बद्ध नीतिको सुक्ष्म समीक्षा गर्नुपर्छ । यसबाट कुन नीतिलाई निरन्तरता दिने, कुन नीतिलाई छोड्ने र कस्ता नीति अबलम्बन गर्ने दिशा पत्ता लगाउनु पर्छ ।’ अधिकारीले भन्नुभयो, ‘नीतिसँगै बजेट तर्जुमा गर्न कानुनले तोकेको एक चरणको काम सकिएको छ । सबै चरणका प्रक्रिया पूरा गरेर आउँदो बर्ष कार्यान्वयन योग्य कार्यक्रम ल्याउनु पर्छ ।’
यो बर्ष छरिएर रहेका कार्यालयहरुलाई एउटै ठाउँमा ल्याउने र स्वीकृत कार्यक्रमको प्रगतिलाई लक्ष्यमा पु¥याउनु पर्ने दुईवटा महत्वपूर्ण काम गर्नु पर्नेछ । अधिकारीको भनाइ छ ।
बैठकमा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले सहरी पूर्वाधारको इञ्जिनियरिङ्, निकायगत समन्वयका पक्षसँग यातायात व्यवस्थापनका त्रुटीका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
सडक किनारामा राखिएका पोलहरुमा दुईटा संकेत देखिने चिन्ह राखिएका हुन्छन् । एउटै संकेतलाई भिन्न भिन्न आकार प्रकारमा राखिएको हुन्छ । चालकले कुन चिन्हको आदेश मान्ने ? यस्ता धेरै त्रुटी छन् । जिम्मेवारी अरुको भए पनि महानगरले यस क्षेत्रमा काम गर्नु पर्ने भएको छ । श्रेष्ठको भनाइ छ ।
काठमाडौँ प्लाजामा भाडामा लिने विषय कार्यान्वयन चरणमा पुगेको छ । असार मसान्तभित्र सेवालाई एउटै भवनमा लैजाने, यस कारण कुनै पनि सेवा अवरुद्ध गर्ने गरी कार्यालय सार्ने योजना बैठकमा महत्वका साथ छलफल भएको थियो । यस्तै ट्राफिक प्रहरीबिना स्वचालित रुपमा चिन्हको प्रयोग गरेर सञ्चालन हुने, सडक सुविधाका सबै अङ्ग भएको नमूना सडक तयार पार्ने विषयमा छलफल भएको थियो । सहरमा हिँड्ने संस्कृतिको विकास गर्न पार्क (सवारी साधन) एण्ड वक अभियान चलाउने, भेहिकल फ्री जोन बनाउने विषयमा पनि छलफल भएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App