वि.सं.: २०८२, फागुन १९ मंगलबार
इ.स.: 2026 March 3,TUESDAY
वि.सं.: २०८२, फागुन १९ मंगलबार
राष्ट्रिय सम्मेलनमा सहभागी हुन निम्ता गरिएको पत्र सबै पालिकामा पठाइयो
काठमाडौँ । चैत १५ र १६ गते काठमाडौँमा आयोजना हुने ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’ मा भाग लिन काठमाडौँ महानगरपालिकाले सबै पालिकालाई निमन्त्रणा पत्र पठाएको छ । आज उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको सम्मेलन आयोजक मूल समारोह समितिको बैठकमा अहिलेसम्म गरिएका कामका विषयमा जानकारी दिँदै समितिका सदस्य सचिव एवं कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले यस सम्बन्धी जानकारी दिनुभएको हो ।
हामीले इमेलमार्फत सबैलाई निमन्त्रणा गरिसकेका छौँ । यसलाई थप प्रभावकारी बनाउन नेपाल नगरपालिका संघ र गाउँ पालिका राष्ट्रिय महासंघमार्फत पनि निमन्त्रणा पठाएका छौँ । उपप्रमुख डंगोलले भन्नुभयो, ‘हामी सबै पालिकाबाट न्यायिक समितिका संयोजक वा उहाँ उपस्थित हुन नसक्ने अवस्थामा समितिका सदस्यलाई सम्मेलनमा सहभागी गराउन चाहन्छौँ । यसैअनुसार पत्राचार पनि भइसकेको छ । कुनै पालिकामा हाम्रो निमन्त्रणा प्राप्त हुन नसकेको भए हाम्रो सचिवालयमा सम्पर्क राखेर पत्र प्राप्त हुने माध्यम उपलब्ध गराइदिन अनुरोध गर्दछु । म सम्बन्धित सबैलाई सहभागिताका लागि अनुरोध गर्दछु ।’
सम्मेलनको तयारीलाई तीब्र बनाउन कानुन तथा मानव अधिकार विभागले समय व्यवस्थापनमा ध्यान दिनुहोला । बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भन्नुभयो, ‘सम्मेलनले आगामी दिनलाई मार्ग निर्देश गर्न सकोस् ।’
बैठकमा समितिका सदस्य सचिव वसन्त आचार्यले पेश गर्नुभएको कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता र सत्राध्यक्षको नाम अनुमोदन भएको छ । यसमा छलफल गर्दै विषयको प्रस्तुतिपछि न्यायिक समितिमा बसेर अनुभव भएका पूर्व जनप्रतिनिधिलाई सिकाइ तथा भोगाइ सुनाउने कार्यक्रम थप गरिएको छ ।
महानगरपालिकाको आयोजनामा हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुति, प्रस्तुतिमाथि छलफल, विषयगत छलफलसहित काठमाडौँ घोषणा जारी हुनेछ । यससँगै न्यायिक समितिको राष्ट्रिय, प्रदेश स्तरीय र जिल्ला स्तरीय सञ्जाल निर्माण गर्ने योजना छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App