वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
महिला समूहका लागि प्रस्ताव लेखन तालिम सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिला विकास समितिका अध्यक्ष र सचिवका लागि प्रस्ताव लेखन तालिम सुरु गरेको छ । फागुन २६ गते सुरु भएको तालिम २९ गते समापन हुनेछ । तालिममा महिला विकास समितिका अध्यक्ष र सचिव गरी ७४ जना सहभागी हुनुहुन्छ ।
महानगरका सबै वडामा महिला समूह छन् । यी समूहहरु वडाको जनसंख्या भौगोलिक अवस्था अनुसार कम्तीमा ६ वटा देखि बढीमा २५ वटासम्म छन् । एउटा समूहमा ५ जना सदस्य रहने व्यवस्था छ । यी समूहको क्रियाशीलताका आधारमा सदस्य छनौट गरेर हरेक वडामा महिला विकास समिति गठन गरिएको छ । यस्ता समितिहरु वडा नं. १४ वटा ३ वटा, वडा ३२ मा २ वटा र अन्य वडामा एक एक वटा छन् ।
संयुक्त राष्ट्रसंघको महिलाहरु उपर हुने सबै खालको विभेद उन्मुलन महासन्धीमा नेपाल सरकारले पक्ष राष्ट्र भएर १९९१ मा हस्ताक्षर गरेको छ । यसपछि छैटौँ योजनाबाट महिला समूह गठन गरेर कार्यक्रम थालनी गरिएको हो । समूहका महिलाहरु सशक्तिकरणका कार्यक्रमसँगै उद्यम प्रवर्धन गर्छन् । यसबाट भएको आयबाट बचत गर्ने, ऋण लगानी गर्ने, ऋण असुली गर्ने गर्छन् । यसबाट क्षमता बढेको छ । आत्म विश्वाश बढेको छ । हिंसा विरुद्ध काम गर्न सञ्जाल निर्माण भएको छ । यो सञ्जाल हिंसा न्यूनीकरणका लागि ठूलो शक्ति हो ।
काठमाडौँ महानगरपालिकामा २०७५ सालबाट कार्यक्रम सुरु भएको हो । महानगरको सामाजिक विकास विभागले हिँसाको रेकर्ड राख्ने कपी, कलम, स्टाब्लर, बचत र ऋण कपीलगायत सामग्री उपलब्ध गराएको छ । यसै गरी बैठक तथा कार्यालय सञ्चालनका लागि मासिक सहयोग उपलब्ध गराउने गरेको छ । समूह तथा समितिहरुले सीप विकास तालिमलगायत विभिन्न क्रियाकलाप गरिरहेका छन् ।
तालिम सुरु गर्दै महानगरको प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, वीउ पुँजी दिएर महिलाहरुलाई उद्यमी बनाउने कार्यक्रममा सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो । यसै गरी सामाजिक विकास विभागका नि. प्रमुख गोपालप्रसाद पोखरेलले सिकेको सीप जीविकोपार्जनमा रुपान्तरण हुनुपर्ने धारणा राख्नुभयो ।
तालिममा विविधता तथा समावेशीकरण विज्ञ किशोर रिजाल र विपद व्यवस्थापन विज्ञ उद्धवराज अवस्थीले कक्षा सञ्चालन गर्नुहुनेछ ।
कार्यक्रम संयोजक भवानी कपालीका अनुसार तालिममा प्रस्तावका आधारभूत पक्ष, शीर्षक पहिचान, आवश्यकता र उद्देश्य लेखन, आवश्यकता पहिचान, परियोजना चक्र, डिजाइन, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन, समस्या वृक्ष लगायत विषयमा प्रस्तुति र छलफल हुनेछ । लक्ष्य निर्धारण, प्रभाव र प्रतिफल मापन र लेखन, खण्ड बर्गीकरण लगायत पक्षमा सिकाइ गरिनेछ । यसरी सिकाइएका विषयमा लेखन अभ्यास गराइनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App