वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
प्रविधिमा महिलाको पहुँच र डिजिटल साक्षरता एक साथ आवश्यक — उपप्रमुख डंगोल
काठमाडौँ । महिलाहरुका लागि प्रविधिमा पहुँच र डिजिटल साक्षरताका कार्यक्रम एकै्र पटक सञ्चालन गर्नुपर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर आज राष्ट्रिय गृहमा आयोजना गरिएको क्षमता विकास कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘प्रविधि प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका विषय पहुँच सँगै थाहा हुनुपर्छ । धेरै व्यक्तिले सामाजिक सञ्चालन चलाउनुहुन्छ । त्यसमा के गर्नु हुन्छ? र के गर्नु हुँदैन भन्ने धेरैलाई थाहा छैन । कहिलेकाहीँ नजानेर त्यसबाट सिर्जित समस्यामा फस्ने सम्भावना हुन्छ ।’
उहाँले भन्नुभयो, ‘सूचना प्राप्त गर्ने अधिकारसँग केही दायित्व जोडिएका छन् । ती दायित्व पूरा गरेपछि मात्र प्रविधिको सदुपयोग हुन्छ । मोवाइलले मान्छेलाई चलाउने होइन मान्छेले आवश्यक परेका बेला मोवाइल चलाउन सकोस् । सामान्य विषय हो । यहीँबाट सदुपयोगको प्रयास थाल्नुपर्छ ।’
‘हातमा प्रविधि आइ पुगेको छ । प्रयोग गर्ने विधि नजानेर वा गलत प्रयोग गरेर महिलाहरु हिँसा र जोखिममा पर्ने गरेको घटनाले देखाएका छन् ।’ विषयमा स्पष्ट पार्दै सामाजिक विकास विभागका निमित्त प्रमुख गोपालप्रसाद पोखरेलले भन्नुभयो, ‘सहरमा यस्तो अवस्था हुनु हुन्न भनेर हामीले साइबर अपराध र कानुनी प्रबन्धमा विषयमा क्षमता विकास कार्यक्रम चलाएका हौँ ।’
एक दिवसीय गोष्ठीमा प्रहरी निरीक्षक पशुपति रायले साइबर अपराधका विषयमा र सूचना आयोगका सदस्य कमला ओलीले सूचनाको हकका विषयमा प्रस्तुतिकरण गर्नुहुनेछ । यस्तै डा. राजु अधिकारीले सकारात्मक सोचका विषय प्रस्तुतिकरण गर्नुहुनेछ ।
कार्यक्रममा प्रस्ताव लेखन तालिमका स्रोत व्यक्ति र सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
यो बर्ष लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार मूल नारासहित दिवसका कार्यक्रम मनाइएका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App