वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
इ.स.: 2025 October 30,THRUSDAY
वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
निर्वाचित भएको पहिलो बर्ष विधि र प्रणाली सुधारको काम प्राथमिकतामा — उपप्रमुख डंगोल
काठमाडौँ । स्थानीय तहको निर्वाचनपछिको पहिलो बर्ष विधि र प्रणाली सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । ‘काठमाडौँले बचाइ राख्नुपर्ने मौलिकता, जोगाइ राख्नु पर्ने सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचानसँग जनताका बदलिँदा प्रविधि तथा भौतिक विकासका बिचमा सन्तलुन गर्न विधि, पद्धति र प्रणाली बलियो हुनुपर्छ ।’ डंगोल भन्नुहुन्छ, ‘संविधान, संघिय तथा प्रादेशिक कानुनले स्थानीय तहलाई दिएका अधिकारलाई नागरिकको चाहना बमोजिम उपयोग गर्छौँ ।’
उपप्रमुखलाई प्राप्त अधिकारमध्ये न्यायिक निरुपणका कार्यलाई वडास्तरीय मेलमिलाप केन्द्रमार्फत जनताका आँगनमै पु¥याउने काम भइरहेको छ । घरायसी समस्या तथा घरेलु हिंसा लगायत सामान्य विवाद सुन्न वडामा महिला सञ्जाल गठन गरिएको छ । यो सञ्जालले महिला र पुरुष दुवैका कुरा सुन्छ । राजस्व परामर्श समितिमा राजस्व प्रशासन, राजस्वको दर र दायराका विषयमा विज्ञ तथा नागरिकको अपेक्षा अध्ययन गरिरहेको छ । आगामी बर्षमा नयाँ कार्यक्रम तर्जुमा गर्नका लागि बजेट तर्जुमा समितिको क्रियाशीलता बढाइएको छ । उपप्रमुख डंगोलले भन्नुभयो, आफ्ना पीर, गुनासा, समस्या सुनाउन जनप्रतिनिधिको कार्यकक्षमा आउनु, नभेटेर धाउनु नपरोस् । यसका लागि उहाँहरुलाई उहाँकै ठाउँमा भेट्ने र कुरा सुन्ने कामलाई प्राथमिकता दिएकी छु ।
न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारीमा काम भइरहेको जानकारी गराउँदै उहाँले, यसको नेतृत्व काठमाडौँ महानगरले गरे पनि उपत्यकाका सबै पालिकाको साझा आयोजना भएकोले सबैको अपनत्व रहने उल्लेख गर्नुभयो । यसलाई संस्थागत र दिगो बनाउने कुरा सवै पक्षबाट साथ प्राप्त गर्ने उहाँको अपेक्षा छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App