वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
मान्छेभन्दा अगाडिको बागमती सभ्यता जोगाउन, साझा धारणा निर्माण गरौँ — प्रमुख शाह
काठमाडौँ । ‘काठमाडौँको मुख्य नदी बागमतीको सभ्यता मान्छेभन्दा अगाडिको हो । यसलाई बचाउन साझा धारणा चाहिएको छ ।’ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग यसलाई बचाउन सहयोगका लागि अनुरोध गर्नुभएको छ । बुधबारबाट महानगरले काठमाडौँमा सुरु गरेको न्यायिक समिति राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उहाँले भन्नुभयो, ‘कतिपय काम स्थानीय सरकार एक्लैले गर्न सक्दैन । सभ्यताजस्ता सार्वजनिक सम्पत्ति जोगाउन तहगत सरकार र सरकारका संयन्त्रको सहयोग चाहिन्छ । अहिले बागमतीको सभ्यता बचाउन काठमाडौँ महानगरपालिकालाई संघ सरकारको सहयोग चाहिएको छ ।
धारणा राख्ने क्रममा उहाँले स्थानीय विवाद निरुपणका लागि न्यायिक समितिले नागरिकमा आशा जगाउनु पर्ने विषय राखेपछि काठमाडौँको सार्वजनिक सम्पत्ति संरक्षणको विषय राख्नुभएको थियो ।
‘केन्द्रीय सरकारको स्थायित्वले स्थानीय सरकारका काममा सहयोग हुन्छ । त्यसैले स्थानीय सरकारजस्तै केन्द्रीय सरकार पनि स्थायी हुनुपर्छ । स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामका लागि केन्द्रीय सरकारको स्थिर सहयोगको आवश्यक पर्छ ।’ शाहको भनाइ थियो ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App