वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
स्वास्थ्य सेवा प्रवर्धनका लागि बैङ्क र महानगर बिच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआईसी बैङ्क बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । महानगरका वडा नं. ५, ७, ८, १५ र २६ गरी ५ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, हरेकमा ४ जना जनशक्ति नियुक्त हुनेछन् । यसरी नियुक्त हुने स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब बैङ्कले व्यहार्ने गरी समझदारी भएको हो । उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको समझदारीमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले र बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।
केन्द्रमा महानगरले आठौँ तहको मेडिकल अफिसर, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी नियुक्त गर्नेछ । उनीहरुले प्राप्त गर्ने तलब नेपाल सरकारको प्रचलित स्केलबमोजिमको हुनेछ ।
सहमति पत्रका विषयमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले सहयोग गर्ने भएकोले सहकार्य गरिएको बताउनुभयो । त्यस क्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले, महानगरका सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा रुपान्तरण गर्न सहकार्य थालिएको बताउनुभयो ।
सहरी स्वास्थ्य क्लिनिकलाई प्रवर्धन केन्द्रमा रुपान्तरणसँगै स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनमा आउने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको भनाइ छ ।
बैङ्कसँगको सहकार्यमा सञ्चालन हुने केन्द्रहरु बैशाख ७ गतेभित्र सञ्चालनमा ल्याइसक्ने बाँकी क्लिनिकहरुलाई चालु आर्थिक बर्षको अन्त्यसम्ममा सञ्चालन गरिसक्ने विभागको योजना छ ।
बैङ्कसँगको समझदारी २०८१ असार मसान्त सम्मका लागि हो । समझदारीका बुँदा परिपालना गराउन नसकिने अवस्थामा १५ दिनको सूचना दिएर अन्त्य गर्न सकिनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App