वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
सूचनाको हकअन्तर्गत उपलब्ध गराउनु पर्ने विवरण हामीले तोकिएको समय र माध्यमबाट उपलब्ध गराएका छौँ — सूचना अधिकारी आचार्य
काठमाडौँ । सार्वजनिक महत्व र जनचासोसँग सम्बन्धित काठमाडौँ महानगरपालिकाका सूचना र विवरणहरु एक बर्षमा ४ पटक सार्वजनिक गर्ने गरिएको छ । महानगरले सूचनाको हक अन्तर्गत उपलब्ध गराउनु पर्ने विवरण सार्वजनिक गरेको छैन, भन्ने गुनासो सम्बन्धी प्रश्नको उत्तरमा सूचना अधिकारी वसन्त आचार्य भन्नुहुन्छ, ‘हरेक चौथो महिनाको १५ गतेभित्र अघिल्ला ३ महिनाको विवरण राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्छौँ । हाम्रो वेभ पेजमा सूचनाको हकसँग सम्बन्ध राख्ने विवरण सार्वजनिक गर्ने छुट्टै प्लेटफर्म पनि छ ।’ सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र नियमावली २०६५ को नियम ३ लाई उधृत गर्दै आचार्य थप्नुहुन्छ, ‘चालु आर्थिक बर्षमा हामीले कार्तिक र माघ महिनामा २ पटक विवरण सार्वजनिक गरिसकेका छौँ । बैशाख १५ गतेभित्र माघ, फागुन र चैत महिनाको विवरण प्रकाशन गर्ने तयारी गरेका छौँ ।’
महानगरमा निवेदन दिएर सूचना माग गर्नेहरुलाई रीत बमोजिम समयमा नै सूचना र विवरण उपलब्ध गराउने गरेका छौँ । आचार्य थप्दै भन्नुहुन्छ, ‘सूचनाको हक सम्बन्धी ऐनबमोजिम नियमित रुपमा विवरण सार्वजनिक गर्ने काममा महानगरले दायित्व पूरा गरेको छ ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App