वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
स्वच्छ र स्वस्थ्य वातावरणमा बस्न पाउने नागरिक अधिकारको गम्भीरता थप पुष्टि — प्रमुख शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, स्वच्छ र स्वस्थ्य वातावरणमा बस्न पाउने नागरिक अधिकारको गम्भीरता थप पुष्टि भएको बताउनुभएको छ । सिंहदरबारसमेतका क्षेत्रबाट फोहरमैला नउठाइएको सम्बन्धमा सर्वोच्च अदालतबाट प्राप्त आदेशपछि प्रतिक्रिया दिँदै प्रमुख शाहले, निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि भएको बताउनुभएको हो ।
काठमाडौँ महानगरले फोहरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापन तथा सरसफाइसँग सम्बन्धित कामलाई प्राथमिकतामा राखेर सञ्चालन गरिरहेको छ । यो कामलाई सार्वजनिक सरोकारको बिषयका रुपमा ग्रहण गरेकोमा सम्मानित अदालतप्रति आभार व्यक्त गर्दछौँ ।
अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा प्रष्ट, प्रतिबद्ध र दृढ रहेको उल्लेख गर्दै प्रमुख शाहले, अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकारलगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक रहेको बताउनु भएको छ ।
प्रमुख शाहले, बागमती, बिष्णुमती र मनोहरा तथा यी नदीमा मिसिने सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदीको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश पालनामा सम्बन्धित उदासीन रहेको बताउनुभएको छ । तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जा सम्बन्धी २ दशक अगाडिको सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको बिषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारी बोध गर्न जरुरी छ । अन्यथा, नागरिकको घरआँगन र सिहंदरबारको पटाङ्गिनी बिचको विभेदलाई बैधानिक रुपमा नै स्वीकारेको अर्थ लाग्ने प्रमुख शाहको भनाइ छ ।
संविधान र प्रचलित कानुनले परिकल्पना गरे बमोजिम स्थानीय सरकारसँग संघ र प्रदेश सरकारले अनिवार्य रुपमा समन्वय, सहकार्य गरेर सहअस्तित्वका आधारमा नागरिकका समस्याको यथाशीघ्र समाधान गर्नु पर्ने कुरा उहाँले दृढताका साथ व्यक्त गर्नुभएको छ ।
सहरी स्वच्छता, नदी लगायत प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवर्धन, जनजीविका, सहरी व्यवस्थापन र सुविधा वितरणलगायत विषयमा महानगरले अगाडि सारेका काम सञ्चालन गर्न सरकारले समन्वय र सहयोग गर्न नचाहेको बताउँदै चैत २५ गते शनिबारदेखि सिंहदरबार क्षेत्रको फोहोर संकलन नगर्न आदेश दिनुभएको थियो । यसपछि चैत २७ गते फोहोर संकलन कार्य बन्द गर्नु परेको कारणबा बारेमा सर्वसाधारणलाई जानकारी दिनुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App