वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
सडक पेटीको ट्राफिक पोष्ट भत्काइयो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साविक पुरानो बसपार्कबाट टुँडिखेलतर्फ लाग्दा सडक किनारामा रहेको ट्राफिक प्रहरी पोष्ट भत्काएको छ । पैदल यात्रुको सहज आवागमनमा वाधा गरेकोले प्रहरीसँगको समन्वयमा पोष्ट हटाइएको हो ।
‘कानुन सबैका लागि बराबर हुन्छ । सडक पेटीमा भौतिक संरचना बनाउन नपाइने नियम सबैका लागि हो । यहाँ कसैले बनाउन पाउने र कसैले नपाउने भन्ने हुँदैन ।’ सडकपेटी अतिक्रमण हटाउने अभियानका विषयमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘कानुन पालना गराउनु पर्ने निकायबाट सडक पेटी अतिक्रमण हुनु गलत हो । हामीले सडक पेटीलाई पैदल यात्रीमैत्री बनाउन सडक व्यापारलाई रोकेका हौँ । यो नियम सर्वसाधारणका लागि मात्र होइन । सबैले पालना गर्नुपर्छ ।’
गएको माघ २४ गते महानगरले मैतीदेवी चोकमा रहेको प्रहरी बिट हटाइसकेको छ ।
नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सडक किनारामा २२ वटा प्रहरी बिट छन् । यी विट हटाएर सहज पैदल यात्राका लागि नेपाल प्रहरीलाई अनुरोध गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App