Logo

गएको माघ २ गतेदेखि चैत ३० गतेसम्मका काठमाडौँ महानगरपालिकाका विवरण सार्वजनिक  

गएको माघ २ गतेदेखि चैत ३० गतेसम्मका काठमाडौँ महानगरपालिकाका विवरण सार्वजनिक  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २०७९ माघ २ गतेदेखि चैत ३० गतेसम्मका विवरण सार्वजनिक गरेको छ । बजेट विनियोजन गरिएका शीर्षक, त्यसमा भएको खर्च र मौज्दात रकमसहितको विवरण आज राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक गरेको हो । 

विवरणमा महानगरपालिकाको स्वरुप र प्रकृति, काम कर्तव्य र अधिकार, कर्मचारीको विवरण, सेवा, सेवा प्रवाह गर्ने शाखा र अधिकारी, सेवा लिन लाग्ने समय र शुल्क लगायत विषय समावेश छन् । यस्तै निर्णय प्रक्रिया र अधिकारी, निर्णय उपर उजुरी सुन्ने अधिकारी, ऐन, नियम, विनियम, कार्यविधि वा निर्देशिकाको सूची, कार्यालय प्रमुख र सूचना अधिकारी सम्बन्धी विवरण राखिएका छन् । यस अवधिमा भएका काम आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण प्रकाशित विवरणमा उल्लेख गरिएको छ । 

महानगरपालिकाले हरेक आर्थिक वर्षको लागि नगर सभाबाट स्वीकृत बजेट नीति तथा कार्यक्रम बमोजिम समय समयमा विभिन्न प्रकारका महानगरपालिकाको क्षेत्राधिकारसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सार्वजनिक महत्व र जनचासोसँग सम्बन्धित महानगरपालिकाका सूचना र विवरणहरु एक बर्षमा ४ पटक सार्वजनिक गर्ने गरिएको छ । हरेक चौथो महिनाको १५ गतेभित्र अघिल्ला ३ महिनाको विवरण राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन हुने गरेको छ । चालु आर्थिक बर्षमा कार्तिक र माघ महिनामा २ पटक विवरण सार्वजनिक भइसकेको छ । यो चालु आर्थिक बर्षको तेस्रो पटकको विवरण हो । 

(१)  निकायको स्वरुप र प्रकृतिः
       काठमाडौँ महानगरपालिका वि.स.१९७६ मा सफाई अड्डाको नामबाट स्थापना भई विभिन्न कालखण्डमा जारी भएका कानुनबमोजिम तोकिएका कार्य जिम्मेवारीहरु पुरा गर्न विभिन्न नामको कार्यालयमार्फत अविछिन्न सेवा प्रवाह गर्दै आएकोमा वि.स. २०५२ साल मंसिर महिना २९ गते महानगरपालिका घोषणा भएको हो । स्थानीय स्वायत्त शासन ऐन, २०५५ हुँदै नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम संघीय संरचना अन्र्तगत स्थानीय सरकारको रुपमा नेपालको संघीय राजधानी काठमाडौंमा अवस्थित नेपालकै जेठो महानगरपालिका काठमाडौं महानगरपालिका हो ।

(२)  निकायको काम, कर्तव्य र अधिकारः 
       यस महानगरपालिका नेपालको संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल अधिकारको सूची र अनुसूची–९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघ र वाग्मती प्रदेश कानुन बमोजिम स्थानीय तह सम्बन्धी जारी गरिएका ऐन, नियम तथा अन्य कानुनी प्रबन्धहरु, समय समयमा जारी हुने परिपत्रहरु एवं महानगरपालिकाको स्थानीय कानुनहरु (ऐन, नियमावली, कार्यविधी, निर्देशिका, मापदण्ड, मार्गदर्शन) र निर्णयहरु समेतले तोकेबमोजिमको काम, कर्तव्य र अधिकार निर्दिष्ट छ । 

(३)  निकायमा रहने कर्मचारी विवरणः
       यस महानगरपालिकामा स्थायी, करार, समायोजन भई आएका, कामकाजमा खटिएका कर्मचारीहरुको संख्या, कर्मचारीको सेवा, समुह, तह समेतको विस्तृत विवरण तस्विर सहितको र महानगरपालिकाको संगठन संरचना समेत नगर सभाबाट स्वीकृत भएबमोजिम काम कारवाही भइरहेको छ । उच्च पदमा कार्यरत पदाधिकारी एवं कर्मचारीहरुको विवरण काठमाडौं महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा समेत राखिएको छ ।

(४)  निकायबाट प्रदान गरिने सेवाः
       नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघ र वाग्मती प्रदेश कानून बमोजिम स्थानीय तह सम्बन्धी जारी गरिएका ऐन, नियम तथा समय समयमा जारी हुने परिपत्रहरु एवं महानगरपालिकको स्थानीय कानुनहरु (ऐन, नियमावली, कार्यविधी, निर्देशिका, मापदण्ड समेत), निर्णयहरु तथा काठमाडौं महानगरपालिकाको अविछिन्न अभ्यासहरुको अधीनमा रही स्थानीय सरकारको रुपमा सेवा, सुविधाहरु प्रदान गरिरहेको छ । 

(५)  सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारीः
       यस महानगरपालिकाबाट सेवा सुविधा प्रवाह गर्न सचिवालयहरु, समितिहरु, विभागहरु, महाशाखाहरु, शाखाहरु, ३२ वटा वडा कार्यालयहरु, आयोजना, कार्यक्रम तथा अन्य कार्यालयहरु रहेका छन् । महानगरपालिकाको प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता, सूचना अधिकारी, सहायक प्रवक्ता, विभागीय प्रमुख तथा जिम्मेवार पदमा कार्यरत अधिकारीको विवरण का.म.पा.को वेबसाइट www.kathmandu.gov.np मा उल्लेख गरिएको छ ।

(६)  सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधिः
       यस महानगरपालिकाले प्रदान गर्ने विभिन्न प्रकारको सेवा सुविधामा लाग्ने शुल्क एवं कार्यमा लाग्ने समयावधी विवरण काठमाडौं महानगरपालिकाले हरेक आर्थिक वर्षका लागि नगर सभाबाट जारी हुने आर्थिक ऐन, नीति, कार्यक्रम बजेट, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, स्थानीय कानुन, नागरिक वडापत्र समेतबाट निर्धारण गरिन्छ । यस संवन्धी व्यवस्था काठमाडौं महानगरपलिकाको वेबसाइट www.kathmandu.gov.np मा समेत उल्लेख गरिएको छ । 

(७)  निर्णय गर्ने प्रक्रिया र अधिकारीः
       यस महानगरपालिकाको नगर सभा, नगर कार्यपालिकाको बैठक, संघीय तथा प्रदेश कानुन र स्थानीय ऐन, नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड, प्रचलित अभ्यासहरु तथा समय समयमा हुने निर्णयहरुको अधिनमा रही प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत मार्फत निर्देशित कार्यसम्पादन गर्नका निमित्त नगर सभाबाट संगठन संरचना अनुसारको पदीय जिम्मेवारीमा रहने कर्मचारीहरुको कार्यविवरण स्पष्ट तोकिएको छ । महानगरपालिकाको नीतिगत निर्णय लिने, आवश्यक मार्गदर्शन दिने र कार्यालयबाट हुने काम कारवाहीलाई निरन्तर अनुगमन, नियन्त्रण गर्ने कार्य नगर सभा र नगर कार्यपालिकाको बैठकले गरेको निर्णय, अनुगमन समिति, शहरी योजना आयोग, अनुगमन तथा मुल्याङ्कन एकाई र अन्य संस्थागत संयन्त्रबाट समेत हुने गरेको छ । 

(८)  निर्णय उपर उजुरी सुन्ने अधिकारीः
       यस महानगरपालिकाको काम कारवाही सम्बन्धमा सेवाग्राहीहरुको गुनासो तथा उजुरी सुन्नका लागि महानगरपालिकाको केन्द्रिय स्तरमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकतत्वमा तीन सदस्यीय गुनासो सुनुवाई समितिको व्यवस्था  गरिएको छ । 
(९)  सम्पादन गरेको कामको विवरणः
       यस महानगरपालिका नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघ, प्रदेश र स्थानीय कानुनले तोकेबमोजिम स्थानीय सरकारको रुपमा महानगरपालिकाले गर्न सक्ने सम्पूर्ण काम कारवाहीहरु गर्दै आईरहेको छ । 
(१०)   कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पदः
      कार्यालय प्रमुखको नाम : बसन्त अधिकारी
       पद                   : प्रमुख प्रशासकीय अधिकृत
       इमेल ठेगाना        ः ceo@kathmandu.gov.np

       सम्पर्क नम्बर        ः ०१–४२३२८९२


       सूचना अधिकारीको नाम : वसन्त आचार्य
       पद                   : निर्देशक
       सम्पर्क नम्बर          ः ९८५१०८७९३८
       इमेल ठेगाना        ः rtikmc@gmail.combasantakmc@gmail.com
                          
(११)   ऐन, नियम, विनियम, कार्यविधी वा निर्देशिकाको सूचीः
       काठमाडौं महानगरपालिकासँग सम्बद्ध संघीय र प्रदेश कानुन बाहेकका स्थानीय ऐन, नियमावली, विनियम, कार्यविधी, मापदण्ड, दिग्दर्शन र निर्देशिकाहरुको परिपालना गरिरहेको छ । उक्त स्थानीय कानुनहरु स्थानीय राजपत्रमा प्रकाशन गरी यस्ता कानुनी प्रबन्धहरुको विस्तृत सूची काठमाडौं महानगरपालिकाको वेबसाइट धधध।पबतजmबलमग।नयख।लउ मा हाम्रो कानुन नामक होमपेजमा राखिएको छ । 

(१२)  आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरणः

      यस महानगरपालिकाको आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी विवरणहरु का.म.पा.को वेबसाइट www.kathmandu.gov.np मा राख्ने गरिएको छ । चालु आ.व. ०७९।०८० को चैत्र मसान्तसम्ममा भएको आर्थिक कारोवारको विवरण यस प्रकार रहेको छ ।

आ.व. : २०७९/८० अवधि :  २०७९/०४/०१ - २०७९/१२/३०

सि.नं.

क्षेत्र/उपक्षेत्र

विनियोजन

खर्च

खर्च (%)

मौज्दात

आर्थिक विकास

२२,९२,५०,०००.००

१,७१,२५,९५५.५४

७.४७

२१,२१,२४,०४४.४६

कृषि

१,४५,५०,०००.००

९,८२,२११.६०

६.७५

१,३५,६७,७८८.४०

उद्योग

२९,००,०००.००

१४,०९,८५५.७१

४८.६२

१४,९०,१४४.२९

पर्यटन

२,७८,००,०००.००

६,३२,५८९.५०

२.२७

२,७१,६७,४१०.५०

सहकारी

८५,००,०००.००

११,७९,७०९.६०

१३.८८

७३,२०,२९०.४०

वित्तीय क्षेत्र

६,९४,००,०००.००

४५,७१,६७५.७४

६.५९

६,४८,२८,३२४.२६

जलश्रोत तथा सिंचाई

८,००,०००.००

०.००

८,००,०००.००

बन

१०,००,०००.००

०.००

१०,००,०००.००

पशुपन्छी विकास

१०,४३,००,०००.००

८३,४९,९१३.३९

८.०१

९,५९,५०,०८६.६१

सामाजिक विकास

३,६८,५८,९४,९००.००

१,३०,८७,२०,५३७.२४

३५.५१

२,३७,७१,७४,३६२.७६

शिक्षा

१,७८,३२,३९,०००.००

१,०८,०५,२१,४६६.००

६०.५९

७०,२७,१७,५३४.००

स्वास्थ्य

५८,३४,४०,०००.००

८,६९,३९,५२७.०९

१४.९

४९,६५,००,४७२.९१

खानेपानी तथा सरसफाई

१५,०५,४२,०००.००

१,३५,७९,९२५.३१

९.०२

१३,६९,६२,०७४.६९

भाषा तथा संस्कृति

४४,१८,८४,९००.००

७,०७,३७,०६१.४३

१६.०१

३७,११,४७,८३८.५७

लैंगिक समानता तथा सामाजिक समावेशीकरण

३३,५५,५०,०००.००

४,७४,८५,२६८.६१

१४.१५

२८,८०,६४,७३१.३९

युवा तथा खेलकुद

१५,४५,४९,०००.००

७६,२०,८५५.८०

४.९३

१४,६९,२८,१४४.२०

सामाजिक सुरक्षा तथा संरक्षण

२३,६६,९०,०००.००

१८,३६,४३३.००

०.७८

२३,४८,५३,५६७.००

पूर्वाधार विकास

१३,०६,८४,४३,८८०.००

१,९८,३०,२९,७६८.३१

१५.१७

११,०८,५४,१४,१११.६९

यातयात पूर्वाधार

४,२३,२२,३९,९०२.००

६३,६४,९०,२६५.२६

१५.०४

३,५९,५७,४९,६३६.७४

भवन, आवास तथा सहरी विकास

६,२७,२६,९०,८८०.००

१,०५,४१,२३,५०२.९५

१६.८

५,२१,८५,६७,३७७.०५

उर्जा

७,४८,८४,०००.००

३,३१,५२,०७१.८०

४४.२७

४,१७,३१,९२८.२०

संचार तथा सूचना प्रबिधि

२०,१८,३८,०००.००

१,१२,७४,३९३.६३

५.५९

१९,०५,६३,६०६.३७

सम्पदा पूर्वाधार

२,१५,१५,३६,०९८.००

२२,१०,२७,८३५.३१

१०.२७

१,९३,०५,०८,२६२.६९

बिज्ञान तथा प्रबिधि

४,७०,००,०००.००

९९,७००.००

०.२१

४,६९,००,३००.००

पुननिर्माण

८,८२,५५,०००.००

२,६८,६१,९९९.३६

३०.४४

६,१३,९३,०००.६४

सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र

२,०१,१६,५४,०००.००

२४,६६,३४,३१८.७४

१२.२६

१,७६,५०,१९,६८१.२६

वातावरण तथा जलवायु

८३,९०,३२,०००.००

१३,१४,३७,१६४.८८

१५.६७

७०,७५,९४,८३५.१२

विपद व्यवस्थापन

२६,०९,५०,०००.००

२,९३,५२,८६९.५९

११.२५

२३,१५,९७,१३०.४१

मानब संशाधन विकास

१३,९५,००,०००.००

१,३४,९७,५४४.२४

९.६८

१२,६०,०२,४५५.७६

शान्ति तथा सुव्यवस्था

२,७१,२२,०००.००

१,०८,४४,१३७.५०

३९.९७

१,६२,७७,८६२.५०

कानुन तथा न्याय

५,०३,००,०००.००

४६,०४,९७३.०३

९.१६

४,५६,९५,०२६.९७

शासन प्रणाली

६०,५४,५०,०००.००

५,४५,९७,००३.६१

९.०२

५५,०८,५२,९९६.३९

श्रम तथा रोजगारी

७३,००,०००.००

१,७१,६७५.८९

२.३५

७१,२८,३२४.११

अनुगमन तथा मूल्यांकन

७,४५,००,०००.००

२१,२८,९५०.००

२.८६

७,२३,७१,०५०.००

प्रशासकीय सुशासन

७५,००,०००.००

०.००

७५,००,०००.००

कार्यालय सञ्चालन तथा प्रशासनिक

३,५३,८१,४३,८८०.००

१,८८,५०,३७,००२.११

५३.२८

१,६५,३१,०६,८७७.८९

कार्यालय सञ्चालन तथा प्रशासनिक

३,५३,८१,४३,८८०.००

१,८८,५०,३७,००२.११

५३.२८

१,६५,३१,०६,८७७.८९

कुलजम्मा

२२,५३,३३,८६,६६०.००

५,४४,०५,४७,५८१.९४

२४.१४

१७,०९,२८,३९,०७८.०६


(१३)  तोकिए बमोजिमको अन्य विवरणः
       नियमानुसार तोकिए बमोजिमको अन्य विवरण समेत काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा राखिएको छ ।

(१४)  अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सोको विवरण ।
       यस महानगरपालिकाले हरेक आर्थिक वर्षको लागि नगर सभाबाट स्वीकृत बजेट नीति तथा कार्यक्रम बमोजिम समय समयमा विभिन्न प्रकारका महानगरपालिकाको क्षेत्राधिकारसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

(१५)  सार्वजनिक निकायको वेबसाइट भए सोको विवरणः
       काठमाडौं महानगरपालिकासँग सम्बन्धित संक्षिप्त विवरण एवं सूचनाहरु जानकारीको लागी काठमाडौं महानगरपालिकाको आफ्नै  वेबसाइट www.kathmandu.gov.np मा रहेको छ ।

(१६) सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी  विवरणः
       नेपाल सरकार, बागमती प्रदेशबाट अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४, प्रचलित ऐन, नियममा तोकिए बमोजिम वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा रहेको छ ।

(१७) सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगती प्रतिवेदनः
       महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरु आ.व.२०७९/०८० को बजेट, नीति तथा कार्यक्रम अन्र्तगत रहेको छ । सोको प्रगति प्रतिवेदन का.म.पा. वेबसाइट www.kathmandu.gov.np मा रहेको छ ।

(१८)  सार्वजनिक निकायको वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि 
       यस महानगरपालिकाको सम्पूर्ण सूचना, विवरण, तथ्याङ्क एवं आवश्यक दस्तावेजहरुको वर्गिकरण नगरेको र त्यस्ता सूचनाहरु महानगरपालिकाले प्रचलित ऐन, नियमानुसार सुरक्षित राख्ने गरिएको छ । 

(१९)  सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरणः
       नेपाली नागरिक,सेवाग्राही एवं सरोकारवाला व्यक्तिहरुले महानगरपालिकासँग माग गरेको सूचना नियमानुसार उपलब्ध गराउने गरिएको छ । मिति २०७९।१०।०२ देखि मिति २०७९।१२।३० गतेसम्ममा २९ जना निवेदकहरुलाई सूचना उपलब्ध गराइएको छ । उक्त विवरण महानगरपालिकाको वेवसाइडमा राखिएको छ ।

२०) सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएमा वा हुने भएको भए सोको विवरणः
       महत्वपूर्ण सूचनाहरु राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्ने र त्यस्तो विवरण काठमाडौं महानगरपालिका वेबसाइट www.kathmandu.gov.np, मा अनलाइन समाचार पोर्टल www.metronews.kathmandu.gov.np मा राख्ने गरिएको छ । मेट्रो एफ.एम., काठमाडौं महानगरपालिकाको बुलेटिन र नेपाल टेलिभिजनमा हाम्रो काठमाडौँ र नेपाल मण्डल कार्यक्रम मार्फत समेत महानगरपालिका सम्बन्धी सूचना, तथ्याङ्क र गतिविधिहरु सार्वजनिक भैरहेका छन् ।

 

  • प्रकाशित मिति: बिहीबार १४ ैशाख २०८० १२:३१