Logo
  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • इ.स.: 2026 June 21,SUNDAY

  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • वडा नंं ३ बाँसबारीमा खुल्ला व्यायामशाला 

    वडा नंं ३ बाँसबारीमा खुल्ला व्यायामशाला 


    काठमाडौँ । बाँसबारीमा खुल्ला व्यायामशाला स्थापना भएको छ । नेपालका लागि पाकिस्तानी दूताबासको सहयोगमा काठमाडौँ महानगरपालिकाको वडा ३ ले बाँसबारी क्लवको प्राङ्गणमा खुल्ला व्यायामशाला निर्माण गरेको हो ।  

    ‘व्यायामशालामा अत्याधुनिक १६ प्रकारका सामग्री र उपकरण छन् ।’ विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा ३ का अध्यक्ष प्रेम थापा भन्नुहुन्छ, ‘उमेर समूह, सहरबासीमध्ये धेरैमा देखिएका शारीरिक समस्या, स्वस्थ्य जीवन जस्ता पक्षलाई हेरेर व्यायामशालामा सामग्री तथा उपकरण राखिएका छन् ।’

    जडान गरिएका सामग्रीहरुमा एअर वकर, एब्डोमिनल फिटनेस कम्बिनेसन, सिङ्गल र डबल स्किलिङ् मेसिन, सिङ्गल फिटनेस राइडर लगायत छन् । यस्तै लेग प्रेस, सिङ्गल रोइङ् मेसिन, पुल चेयर, डबल स्प्लिट मेसिन, लेग एक्स्टेन्सन एण्ड फिटनेस राइडर, लेग लिफ्टर, बसेर तथा उठेर ट्वीस्टर गर्ने मेसिन लगायत छन् । 

    खुल्ला स्थानको उपयोगमा सर्वसाधारण सबैलाई आकर्षित गर्न व्यायामशाला बनाइएको हो । वडाध्यक्ष थापा भन्नुहुन्छ, महाराजगञ्जको शिवमार्गमा, रानीबारी मार्ग र धारापाटीमा रहेको सामुदायिक सेवा केन्द्रको परिसरमा यसै बर्ष यही स्तरको सेवा सञ्चालन गर्छौँ ।‘ 

    वडा नं. ३ को बाँसबारीमा इको पार्क, ज्येष्ठ नागरिक पार्क र खुल्ला बाल उद्यान छन् । यस्तै महाराजगञ्ज राष्ट्रपति भवनसँगै शिवमार्गमा खुल्ला पार्क छ । धारापाटीमा कुमारी मन्दिरसहित ज्येष्ठ नागरिक पार्क छ । सामाखुशी किनारामा रानीबारी पार्क छ । यी पार्कको मर्मत सम्भार र सार्वजनिक उपयोग प्रवर्धनमा वडाले काम गरिरहेको छ । 

    वडाध्यक्ष थापाका अनुसार महानगरको वडा ३ र बुढानिलकण्ठ नगरपालिकाको वडा नंं ८ सिमानामा पर्ने २२ रोपनी सार्वजनिक तारबार गरेर संरक्षण गर्ने काम भइरहेको छ । यस ठाउँमा सार्वजनिक पार्क निर्माण हुने थापाको भनाइ छ । 

    महानगरको वडा नं. ४ शंख पार्क, वडा १८ को पुष्पलाल पार्कलगायत स्थानमा खुल्ला व्यायामशाला छन् । 

     

  • प्रकाशित मिति बिहीबार १५ वैशाख २०८० ०४:१४ PM