वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
काठमाडौँ महानगरपालिकाको बाह्य बिज्ञापन निर्देशिकाका मुख्य व्यवस्था
 
                        काठमाडौँ । सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा वाह्य बिज्ञापन गर्न नपाइने भएको छ । २०७९ चैत ३० गते प्रकाशन भएको काठमाडौँ महानगरपालिकाको स्थानीय राजपत्रमा समावेश ‘काठमाडौँ महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका — २०७९’ मा यस सम्बन्धी व्यवस्था छ ।
६ परिच्छेद र २४ दफा रहेको निर्देशिकामा वाह्य विज्ञापन सम्बन्धी व्यवस्था, बिज्ञापन गर्न निषेध, बिज्ञापन गर्न नहुने, ग्राह्य नहुने विषय, निषेधित क्षेत्र घोषणा गर्न सक्ने, बिज्ञापन बोर्ड, परिचय पाटी, नियमन समिति गठन लगायत व्यवस्था छन् । नियमन समितिको काम कर्तव्य र अधिकार, बिज्ञापन कर सम्बन्धी व्यवस्था, स्थानान्तरण सम्बन्धी व्यवस्था, बिज्ञापन कल्याण कोष सञ्चालन, वाह्य विज्ञापनका लागि अनुमति दिन नसकिने, बिज्ञापन खारेज, वातावरणमैत्री विज्ञापनको प्रवर्धन, प्रोत्साहन लगायत प्रबन्ध छन् ।
प्रचलित कानुन तथा निर्देशिकाको प्रतिकुल हुने बिज्ञापन सामग्रीलाई न्यायिक समितिले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । महानगर क्षेत्रभित्र बिज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ्, पोष्टरिङ्, पम्प्लेटिङ्, पर्चा वितरण, व्यानर टाँस्ने माध्यमलाई अनुमति दिइने छैन ।
यसअनुसार बिज्ञापन सम्बन्धी संघीय र प्रदेश कानुन विपरीत हुने, धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल, विश्व सम्पदा क्षेत्रमा सूचीकृत मौलिक संरचना वा संस्कृतिमा प्रतिकुल असर हुने बिज्ञापन गर्न पाइँदैन । महानगरपालिकाको नगर सभाबाट स्वीकृत नीतिले कुनै स्थान विशेषमा रोक लगाएको भए यस्तो स्थानमा विज्ञापन गर्न पाइँदैन । बिज्ञापन राख्ने ठाउँ १२ फिट भन्दा कम उचाइमा रहेमा, नक्सापास नभएको संरचनामा, प्राविधिक रुपमा सवल नभएको भवनमा, वाहिरी रुपमा रङ्ग रोगन नगरिएको भवनमा, हेर्दा दुरुस्त नदेखिने भवनमा बिज्ञापन बोर्ड राख्न पाइँदैन । कुनै घर वा भवनको बार्दली, झ्याल, ढोका, भेन्टिलेटर छेकेर हावा वा प्रकाश छेकेर वोर्ड राख्न पाइँदैन ।
मल, सुपर मार्केट र बहुतले व्यावसायिक भवन बाहेकका पुरातात्विक महत्वका क्षेत्र, प्रशासनिक क्षेत्र, सम्पदा क्षेत्र, कुटनीतिक क्षेत्रमा र त्यसको १ सय मिटर भित्रको दुरीमा बोर्ड राख्न पाइँदैन ।
विज्ञापनमा ग्राह्य नहुने विषयहरु
नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनता, संघीय एकाइ बिचको सम्बन्ध, सार्वजनिक शान्ति सुव्यवस्था, अन्तरराष्ट्रिय सम्बन्धमा खलल पु¥याउने विषय वा सामग्रीलाई ग्राह्य नहुने विषयका रुपमा राखिएको छ । राष्ट्रिय झण्डा, राष्ट्रिय गान, निशाना छाप, छापको आंशिक वा पूरै भाग, राष्ट्रिय विभूतिको प्रयोग वा अवमूल्यन हुने गरीका विषय, राज्यद्रोह, अदालतको अपहेलना, अपराध दुरुत्साहन गर्ने गरी बिज्ञापन गर्न पाइँदैन । 
लैङ्गिक विभेद, जातीय छुवाछुत, धर्म, वर्ण, लिङ्ग, जातजातिका बिचको सम्बन्ध, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा अपाङ्गतालगायत कुनै पनि आधारमा विभेद हुने विषय विज्ञापन सामग्रीका रुपमा ग्राह्य हुँदैनन् ।
गाली वेइज्जती हुने, अपमान हुने, शिष्टाचार वा नैतिकतामा प्रतिकुल हुने, श्रमप्रतिको अपहेलना हुने विषय, ट्रेडमार्क, पेटेन्ट, डिजाइन लगायत औद्योगिक सम्पत्तिको प्रयोग गर्दा हकवालाको अनुमति स्वीकृति बिना प्रयोग गर्न पाइँदैन । अरुको वस्तु वा उत्पादनलाई कमसल देखाउने, एक अर्कोलाई तुलना गरेर कसैलाई नराम्रो देखाउने विषय बिज्ञापनका लागि अस्वीकार्य छन् ।
कुनै पनि उत्पादनलाई हतोत्साह वा निरुत्साह गर्ने गरी, अफवाह वा उत्तेजना फैलाउने तथा अन्य कुनै पनि प्रकारले अमर्यादित व्यवहार सम्बन्धी विषय बिज्ञापन विषयमा रुपमा ग्राह्य हुँदैनन् । कानुनले गोग्य राखेका विषयमा जानकारी गराउने, मदिरा, चुरोट, सूर्ती तथा सूर्तीजन्य लगायत मानव स्वास्थ्यलाई असर गर्ने विज्ञापन सामग्री ग्राह्य नहुने विषयका रुपमा राखिएको छ ।
भाषिक शुद्धता, सामाजिक मूल्य मान्यता तथा मर्यादा, शालीनतामा, शान्ति सुरक्षामा सघाउ पु¥याउने विषयलाई प्राथमिकता दिनु पर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।
बिज्ञापन गर्न नहुने विषयहरु
प्रचलित नेपाल कानुनले उत्पादन, बिक्री वितरण, उपभोग र प्रयोग गर्न निषेध गरेका बस्तु, पदार्थ तथा सेवा, महानगरको स्थानीय कानुन विपरीतका सेवा, संरचना र विषयबस्तुको विज्ञापन गर्न पाइँदैन । कानुनले अश्लील मानेका विषय, सामाजिक रुपमा भ्रम र विकृति फैलाउने, अन्धविश्वाशलाई प्रोत्साहन गर्ने, चिकित्सकको शिफारिसमा मात्र विक्री वितरण गर्नु पर्ने औषधिको विज्ञापन गर्न पाइँदैन । 
अनुमति लिएर मात्र प्रयोग गर्न पाउने सेवा सम्बन्धी विज्ञापन सेवा सुरु हुन अगाडि गर्न पाइँदैन । स्वच्छ प्रतिस्पर्धामा संकुचन ल्याउने, दृश्य प्रदुषण बढाउने, सवारी दुर्घटना बढाउने खालका बिज्ञापन गर्न पाइँदैन । 
 
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App