वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
भवन नक्सा अद्यावधिक गर्न ७ हजार बढी निवेदन, १ हजार ७३५ नक्सा स्वीकृत
काठमाडौँ । मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका ७ हजार बढी निवेदकले काठमाडौँ महानगरपालिकामा नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । प्राप्त निवेदनमध्ये १ हजार ७३५ जनाको नक्सा पास भएको छ । मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न ९० दिनको अवधि दिएर महानगरले २०७९ भदौ २३ गते सार्वजनिक सूचनामार्फत आव्हान गरेको थियो । सूचनालाई आधार मानेर नक्सा अद्यावधिक गर्न निवेदन परेको हो ।
सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पेश गर्न सकिने सूचनामा उल्लेख थियो । तोकिएको समयभित्र नक्सा पेश नगर्नेहरुको विवरण संकलन गरेर स्थानीय सरकार सञ्चालन ऐन २०७४, भवन संहिता सम्बन्धी प्रचलित व्यवस्था र महानगरको निर्णयबमोजिम कारवाही हुने व्यहोरा सार्वजनिक आव्हानको अर्को विषय हो ।
गएको साउनदेखि सहरी विकास विभागले ९६२ वटा डीपीसी (ड्याम प्रुृभ कोर्स) स्वीकृत गरेको छ भने १ हजार ७३५ वटा निर्माण सम्पन्न प्रमाण पत्र जारी गरेको छ । यस अवधिमा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा भवनको नक्सा स्वीकृत भएका छन् ।
‘डिजिटल सिग्नेचरसहितको इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (इबिपीएस) महानगरले नक्सा स्वीकृतिका लागि प्रयोग गरेको अनलाइन प्रणाली हो । यो प्रणालीलाई राजस्व र वैङ्कसँग लिङ्क गरिएको छ ।’ महानगरका सहायक विज्ञ, स्ट्रक्चरल इञ्जिनियर सन्तोष पाण्डे भन्नुहुन्छ, ‘भवन संरचनासँग सम्बन्धित उजृरी पनि यही प्रणालीमा आवद्ध गरिएको छ । जनताका पीर मर्कासँग सम्बन्धित कानुनी कागजपत्र प्रणालीमा अपलोड गरेपछि कानुन विभागले प्रणालीबाटै कारवाही प्रक्रिया अगाडि बढाउँछ । प्रणालीमा नागरिकले आफ्नो फाइल कसको डेक्समा पुगेको छ । त्यो डेक्समा पुगेको कति समय भयो भनेर ट्र्याकिङ् गर्न सक्छन् ।’
भुइँ क्षेत्रको अनुपात (फ्लोर एरिया रेसियो — फार) सेट व्याक, टाँसिएको भवन, आंशिक निर्माण सम्पन्न, माटो परीक्षण, सम्बेदनशील क्षेत्र, संस्थागत भवन, सभा सम्मेलन भवन, सार्वजनिक भवन, व्यापारिक भवन भवन निर्माणसँग सम्बन्धित प्राविधिक विषय हुन् ।
काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ देखि ०७८÷०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार यी आर्थिक वर्षहरुमा क्रमशः ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको हो ।
२०८० साल बैशाख १ गतेदेखि ५ हजार स्क्वायर फिटसम्मका भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडाहरुलाई प्रदान गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App