वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
भोलिबाट सहरको अव्यवस्थित तार व्यवस्थापन थालिँदै : प्रारम्भमा २ वटा रुट निर्धारण
काठमाडौँ । भोलि (बैशाख २५ गते) बाट काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन थालिने भएको छ । आज महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा साझेदार बिच भएको छलफलबाट भोलिबाट काम थाल्ने निर्णय गरिएको हो ।
सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिम लगायत पक्षमा छलफल गर्दै बैठकले, पहिलो चरणमा माइती घर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्यूरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ । महानगर प्रहरी बलका प्रमुख पाण्डेकाअनुसार भोलि बिहान माइती घर मण्डला र न्यूरोड गेटबाट व्यवस्थापनको काम थालिनेछ । यसमा नेपाल विद्युत प्राधिकरण, दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन् ।
ती क्षेत्रमा सेवा प्रदायकले आफ्नो आफ्नो तारमा संकेत चिन्ह लगाउने, चिन्ह नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनु पर्ने बैठकले गरेको अर्को महत्वपूर्ण निर्णय हो ।
बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौँ उपत्यका विकास प्राधिकरणका इञ्जिनियरहरु, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल, द इन्टरनेट सर्भिस प्रोभाइडर्स एशोसिएसन अफ नेपाल (आइएसपीएएन) का कोषाध्यक्ष पुष्कर कडाल, प्रमुख प्रशासकीय अधिकृत सुवेश खड्कासहित महानगरका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
सडक किनारामा गाडिएका विजुलीका पोलहरुमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिन्ह (ट््याग) लगाउन १५ दिनको समय दिएर काठमाडौँ महानगरपालिकाले बैशाख ११ गते सार्वजनिक सूचना जारी गरेको थियो । सूचनासँगै टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केवुल प्रसारक संघलगायतलाई पत्र पठाइयो । सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु दूर सञ्चार प्राधिकरण, सीसीटिभी क्यामरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण बिभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपाल (आईएसपीएएन) लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरिएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App