वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
टुकुचा खोला र वहाव क्षेत्रको लगत कट्टा गर्न मन्त्रालयलाई अनुरोध पत्र
 
                        काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारलाई पत्र पठाएको छ । पत्राचारका लागि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज निर्णय गर्नुभएको हो । निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पत्र पठाउनुभएको हो । पत्रमा भनिएको छ, ‘ हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारवाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ ।’
 मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारी/सार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ (२) ले सरकारी/सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र  सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ । सो कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी काठमाडौँ महानगरपालिका वडा नं. १ हात्तीसार क्षेत्रमा टुकुचा खोलाको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको अवस्था पत्रमार्फत अवगत गराइएको छ ।
मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारी/सार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ (२) ले सरकारी/सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र  सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ । सो कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी काठमाडौँ महानगरपालिका वडा नं. १ हात्तीसार क्षेत्रमा टुकुचा खोलाको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको अवस्था पत्रमार्फत अवगत गराइएको छ । 
‘नेपाल सरकार मन्त्रिपरिषद्को वि. सं. २०६५ मंसिर १ गतेको निर्णयले कुनै पनि खोला, खोल्छी र राजकुलो छोप्न बन्देज लगाएको छ । सो निर्णयले टुकुचा खोलाको वहाव क्षेत्र तथा सोको दायाँबायाँको ४/४ मिटरको जग्गा माथि कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोकेको छ । उक्त मापदण्ड विपरीत हात्तीसार क्षेत्रमा टुकुचा खोला पूर्णरुपमा छोपिएको अवस्था छ । यसै बिच, टुकुचा खोला छोपिएको विषयमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९ माघ १८ गते आवश्यक दिशा निर्देशसहितको आदेश भएको छ । सो आदेशले टुकुचा खोलालाई खुला कायम गर्ने विकल्पका सम्बन्धमा काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गरेको छ ।’ पत्रमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को ९७ (१) ले समेत आफ्नो क्षेत्रभित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक जग्गाको रेखदेख, मर्मत सम्भार तथा संरक्षण सम्बन्धी दायित्व यस महानगरपालिकालाई तोकेको छ । यी आधार, कारण र अदालतको आदेश समेतलाई मध्यनजर गर्दा, टुकुचा खोला तथा सोको क्षेत्राधिकार भित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिन्छ । टुकुचा खोलाको क्षेत्राधिकारभित्र पर्ने जग्गामा निजी तवरमा निर्मित भौतिक संरचना समेत स्वतः अवैध हुन जाने देखिन्छ ।’
उच्च अदालतको आदेशपछि टुकुचा पुनःस्थापनाका लागि महानगरले अगाडि बढाएको कुनै पनि प्रयास खेर नगएको प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले लगत कट्टा भइसकेपछि जग्गालाई महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।
तस्विर : विनय शाक्य
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App