वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
प्राचीन सभ्यतामा आधारित सामाजिक र सांस्कृतिक जीवन काठमाडौँ पर्यटनको महत्वपूर्ण सूचक — उपप्रमुख डंगोल
 
                        काठमाडौँ । प्राचीन सभ्यतामा आधारित सामाजिक र सांस्कृतिक जीवन काठमाडौँ सहरमा पर्यटनको महत्वपूर्ण सूचक भएको काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । चीनको छाङ्सामा चलिरहेको फ्राग्रान्ट टुरिजम समिटमा बोल्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘पर्यटन पूर्वाधारका लागि भूगोल, मानवीय सभ्यता, प्राकृतिक सम्पदालगायत विभिन्न आधार र सूचक हुन सक्छन् । काठमाडौँ कला, साहित्य, सिर्जना र सभ्यतासँग सम्बन्धित रोचक तथ्य भएको ठाउँ हो । यसको विशेषतालाई हामी पर्यटन व्यवस्थापनसँग जोड्दैछौँ ।’
 उपप्रमुखसँगको डाइलग प्यानलमा मोल्डोभाको चिसिनाउ नगरका प्रमुख लोन केवान, टुर्कीको इज्मिर नगरका प्रमुख टुङ्क सोयेर, मुरितियुसको पार्ट लुइस नगरका प्रमुख माफुज मौसा क्याडरसिब लगायत सहभागी हुनुहुन्थ्यो । उहाँहरुले आफ्ना आफ्ना सहरका विशेषता र पर्यटन पूर्वाधारका सूचकका विषयमा धारणा राख्नुभएको थियो । सेसनमा पेरुको माचापिचु नगरका प्रमुख एल्भिन लेसिन, चीनको सान्या नगरका प्रमुख सुन ली सहभागी हुनुहुन्थ्यो ।
उपप्रमुखसँगको डाइलग प्यानलमा मोल्डोभाको चिसिनाउ नगरका प्रमुख लोन केवान, टुर्कीको इज्मिर नगरका प्रमुख टुङ्क सोयेर, मुरितियुसको पार्ट लुइस नगरका प्रमुख माफुज मौसा क्याडरसिब लगायत सहभागी हुनुहुन्थ्यो । उहाँहरुले आफ्ना आफ्ना सहरका विशेषता र पर्यटन पूर्वाधारका सूचकका विषयमा धारणा राख्नुभएको थियो । सेसनमा पेरुको माचापिचु नगरका प्रमुख एल्भिन लेसिन, चीनको सान्या नगरका प्रमुख सुन ली सहभागी हुनुहुन्थ्यो ।   
उहाँहरुको प्यानलमा डाइलगको विषय सहरी पर्यटनका लागि नयाँ सूचक रहेको थियो ।
वल्र्ड टुरिजम सिटीज फेडेसेसन (डब्लुटीसीएफ) को निमन्त्रणा उपप्रमुख डंगोलको नेतृत्वमा काठमाडौँ महानगरपालिकाको ४ सदस्यीय प्रतिनिधि मण्डल समिट सहभागी भएको छ । कार्यभार सम्हालेपछि उपप्रमुख डंगोल पहिलो पटक अन्तरराष्ट्रिय कार्यक्रममा सहभागी हुनुभएको हो ।
सम्मेलनमा पर्यटनका आपसी हित र सीप, क्षमता विकास, सिकाइ तथा अनुभव आदान प्रदानका कार्यक्रम छन् । सहरी पर्यटन, कोविडपछिको पर्यटन पुनःस्थापना, मेयर्स डाइलग, पर्यटन विकासका नयाँ सूचक, सांस्कृतिक पर्यटन लगायतका विषयमा प्रस्तुतिकरण, छलफल, स्थलगत अवलोकन भ्रमणसहित कार्यक्रम सम्मेलनको तालिकामा राखिएका छन् । बिजनेस टु बिजनेस (बीटुबी), पर्यटन व्यापार, पर्यटनमा लगानीमा विषयमा अन्तरक्रिया र छलफल हुनेछ ।
 सम्मेलनबाट प्राप्त हुने प्रतिवेदनबाट पर्यटन उद्योगको विश्वव्यापी, क्षेत्रीय,  राष्ट्रिय तथा सहर स्तरीय परिप्रेक्ष्य निर्धारण हुनेछन् । सम्मेलनले पर्यटन विकासका मूख्य ५ विशेषता निर्धारण गर्नेछ । विकास ढाँचामा आएको परिवर्तन र पर्यटन, पर्यटकीय दृष्टिले महत्वपूर्ण देश तथा सहरका विशिष्ट विशेषता थाहा पाउनु सम्मेलनबाट अपेक्षा गरिएको नतिजा हो ।
सम्मेलनबाट प्राप्त हुने प्रतिवेदनबाट पर्यटन उद्योगको विश्वव्यापी, क्षेत्रीय,  राष्ट्रिय तथा सहर स्तरीय परिप्रेक्ष्य निर्धारण हुनेछन् । सम्मेलनले पर्यटन विकासका मूख्य ५ विशेषता निर्धारण गर्नेछ । विकास ढाँचामा आएको परिवर्तन र पर्यटन, पर्यटकीय दृष्टिले महत्वपूर्ण देश तथा सहरका विशिष्ट विशेषता थाहा पाउनु सम्मेलनबाट अपेक्षा गरिएको नतिजा हो । 
सम्मेलनको नारा ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ राखिएको छ ।
बेइजिङको पहलमा बनेको विश्व पर्यटन सहर महासंघ सहरहरूमा केन्द्रीत विश्वको पहिलो अन्तर्राष्ट्रिय पर्यटन संगठन हो । पर्यटनबाट सहरी अर्थतन्त्रमा योगदान गर्नु, सहरी पर्यटन उद्योगबाट सहरी गतिविधिलाई जीवन्त बनाउनु यसको दृष्टिकोण हो । अर्थतन्त्रको स्वस्थ्य प्रगतिका लागि विश्व पर्यटनको योगदान ठूलो रहन्छ । यसलाई योगदान पु¥याउने अनुसन्धान र निष्कर्ष संगठनका क्रियाकलाप हुन् ।
सम्मेलनमा भाग लिन उपप्रमुख सोमबार चीन प्रस्थान गर्नुभएको थियो । उहाँको शनिवार फर्किने कार्यक्रम रहेको छ ।
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App