वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
प्रमुखसँग भेट गर्न अनलाइनबाट समय लिन सकिने : प्रणाली ज्येष्ठ महिनाबाट सुरु
 
                        
बैशाख २८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग भेट गर्न अनलाइन प्रणालीबाट व्यवस्था मिलाइने भएको छ । प्रमुखको सचिवालयबाट स्वकीय सचिव भुपदेव शाहले आज एक विज्ञप्ति जारी गर्दै ज्येष्ठ महिनाबाट अनलाइन माध्यमबाटै कुरा राख्न, गुनासो भन्न, भेटघाटको समय माग गर्न सकिने प्रणाली विकास गर्न लागिएको जानकारी दिनुभएको छ ।
विज्ञप्तिको पूरा विवरण
प्रेस नोट
मिति : २०८०/०१/२८
महानगरबासी सम्पूर्ण जनसमुदाय,
यहाँहरूले काठमाडौँ महानगरपालिकाप्रति अभिव्यक्त गरिरहनु भएको साथ, सहयोग, विश्वास र रचनात्मक आलोचनाका लागि हामी कृतज्ञ छौँ ।
पछिल्लो समय नगर प्रमुख, सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीका साथै सचिवालयको व्यस्तता बढेको यहाँहरूमा अवगत नै छ । यस महानगरपालिकालाई सधैँ झैँ तपाईहरुका सल्लाह, गुनासा एवम् अन्य विविध कार्यका लागि पत्र एवम फोन, म्यासेन्जर लगायत अन्य माध्यमबाट सन्देशहरु प्राप्त भइरहेको कुरा जानकारी गराउँदै ती सबै सन्देशहरूको उचित सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको अनुरोध गर्न चाहन्छौँ । प्रमुखको सचिवालयले प्रमुखको दैनिक कार्य तालिकामा सम्लग्न भएर आफ्नो भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । आन्तरिक बैठकहरू, स्थलगत अवलोकन, कार्यक्रमहरू, वडा, विभाग, महाशाखा, छिमेकी पालिकाहरू, केन्द्र सरकार र केन्द्र सरकार मातहतका सरोकारवाला निकायहरू सँगको सम्पर्क र समन्वयमा दैनिक ध्यान दिनुपर्ने भएको हुँदा फोन, म्यासेज, भेटघाट तालिका, लगायतका विषयहरू यहाँहरूले चाहेको समयमा सम्बोधन नभएको कुरा मनन गरेका छौँ । यहाँहरूले चासो राख्नु हुने कतिपय विषयको जरुरी र प्राथमिकता निक्र्यौल नगरी केवल मौखिक जानकारीका आधारमा विषय वा प्रसङ्ग अघि बढाउन नमिल्ने हुँदा र कतिपय विषय सो विषयको विज्ञको सल्लाहले मात्र अगाडि बढाउनुपर्ने हुन्छ, भन्ने व्यहोरा समेत जानकारी गराउन चाहन्छौँ ।
यस्तै तमाम कुराहरूलाई मध्यनजर गर्दै महानगरको क्षेत्राधिकारभित्र रही विषयगत विज्ञहरू नियुक्त गरिएका हुन्छन । सोही अनुसार काम कारबाही अगाडि बढिरहेका छन । प्रमुखको समय तालिका व्यस्त हुँदा यहाँहरूको कुरा सुन्न र सोही अनुसार कार्य अघि बढाउन कर्मचारी र सचिवालय सदस्यहरू यहाँहरूको सेवामा उपस्थित रहन्छन । यहाँहरूले आफ्ना कुराहरू सकेसम्म लिखित रूपमा पेश गरिदिनुहुन अनुरोध समेत गर्दछौँ । भेटघाटको लागि समयको माग, स्थानीय समस्याहरू सम्बन्धी पत्र, कार्यक्रमका प्रस्तावहरू, प्रोजेक्टका अवधारणाहरू, गुनासो तथा अन्य कुनै पनि विषय भौतिक वा विद्युतीय माध्यमबाट सचिवालयका आधिकारिक व्यक्तिलाई जानकारी गराएर सहयोग पु¥याइदिनु हुन समेत अनुरोध गर्दछौँ । विषयको गहनता, आकस्मिकता, प्रभावकारितालाई मध्यनजर गर्दै प्राथमिकताका आधारमा सरोकारवाला विभाग वा सल्लाहकार विज्ञसँग छलफल गरी अघि बढाइने छ । स्वकीय सचिवालयका सदस्यहरूको फोन उठ्न नसकेमा कार्यालयको सम्पर्क नं. ०१— ४२३१४८१ मा सम्पर्क गर्नुहोला ।
२०८० साल ज्येष्ठ महिनाबाट हामीले यहाँहरूको थप सहजताका लागि अनलाइन माध्यमबाट पनि यहाँको कुरा राख्न, गुनासो भन्न, भेटघाटको समय माग गर्न सकिने गरी काठमाडौं महानगरपालिकाको एपमा सुविधा थपेका छौँ । एप्लिकेसन खोलेर विस्तृतमा आफ्नो कुरा लेखी हामीलाई पठाउनु होला । हामी यहाँहरूको विषय यथाशीघ्र सम्बोधन गर्नेछौँ ।
 
काठमाडौँ महानगरपालिका एपको लिंक bit.ly/kmcapps 
भूपदेव शाह 
स्वकीय सचिव, प्रमुखको सचिवालय
काठमाडौँ महानगरपालिका 
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App