वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
एक बसपार्क नीति कार्यान्वयन गर्ने निर्णय
काठमाडौँ । काठमाडौँ भित्रिने र काठमाडौँबाट वाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ । आज काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । यसपछि नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न पाइने छैन ।
काठमाडौँमा दैनिक करिब ७ सय संख्यामा सवारी साधन प्रवेश गर्छन् । यही संख्यामा बाहिरिन्छन् । नयाँ बसपार्कको ७५० वटा सवारी साधन व्यवस्थापनका गर्ने क्षमता छ ।
बस पार्कमा लगाइने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा महानगर प्रहरी बलका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपत्यका, ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, ल्होत्से बहुउद्देश्यीय प्रा. लि. र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि सदस्य हुनुहुन्छ ।
बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निर्णय गरेको छ । अहिले गौशाला, चावहिल, सुन्धारालगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारी साधनका टिकट काउन्टर छन् ।
बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौँ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अरनिको यातायात, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत साझेदार कार्यालय तथा संघ संस्थाका प्रतिनिधि हुनुहुन्थ्यो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App