वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
ज्येष्ठ नागरिक अधिकार सम्बन्धी अन्तरक्रिया र सम्मान
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २९ ले ज्येष्ठ नागरिक अधिकार सम्बन्धी अन्तरक्रिया र ७५ बर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडाभित्र ७५ बर्ष उमेर पूरा भएका ३५० जना ज्येष्ठ नागरिक हुनुहुन्छ । उहाँहरुमध्ये सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने अवस्थाका बाआमाहरु कार्यक्रममा सहभागी हुनुभएको थियो ।
शारीरिक अवस्थ्यताका कारण सहयोग आवश्यक पर्नेलाई एम्बुलेन्समा ल्याउने व्यवस्था मिलाइएको थियो । कार्यक्रममा स्वास्थ्य जाँचको प्रबन्ध गरिएको थियो । यस जाँचबाट ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, प्रयोग गर्ने गरेको अवस्था लगायत विवरण प्राप्त भएको छ ।
कार्यक्रममा संघीय संसद प्रकाशमान सिंहले, ज्येष्ठ नागरिकको सन्तुष्टि सुसंस्कृत परिवारको परिचय भएको उल्लेख गर्नुभयो । यसबाट समृद्ध र शान्त समाज निर्माणमा योगदान पुग्ने सिंहको धारणा थियो ।
७५ बर्ष उमेर पूरा भएका सबै नागरिकलाई सम्मान गरिने वडाध्यक्ष कुश ढकालले बताउनुभयो । विभिन्न कारणले कार्यक्रममा सहभागी हुन नसक्नु भएकालाई घरमै गएर सम्मान गरिने उहाँको भनाइ थियो । ज्येष्ठ नागरिकका सामान्य जीवन यापनका लागि आवश्यक पर्ने सहरी पूर्वाधार, मनोरञ्जन तथा भेटघाट स्थल निर्माण गर्ने दिशामा काठमाडौँ महानगरपालिकाले ध्यान दिने ढकालको भनाइ थियो ।
ज्येष्ठ नागरिकहरु सुख महसुस गराउन महानगरपालिकाको लिएको नीतिलाई सामाजिक विकास विभागले कार्यान्वयन गरिरहेको छ । कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले भन्नुभयो, वडाहरुबाट ज्येष्ठ नागरिकको खुशीका लागि तीर्थाटन गराउने, मनोरञ्जन केन्द्रमा विभिन्न क्रियाकलाप गराउने, उमेर अनुसारका उपभोग्य सामान तथा बस्तु उपलब्ध गराउने काम भइरहेको छ ।
अन्तरक्रियामा ज्येष्ठ नागरिकहरुले उहाँहरुसँग भएका ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्ने कार्यक्रम ल्याउन सके ज्येष्ठ नागरिकको खेर गइरहेको समय नयाँ पुस्ताको क्षमता विकासमा प्रयोग गर्न सकिने सुझाव दिनुभएको थियो । ज्येष्ठ नागरिकमैत्री भौतिक पूर्वाधार, यातायातलगायत सुविधामा क्षेत्रमा सहुलियतमा महानगरले नेतृत्व गर्नुपर्ने उहाँहरुको भनाइ छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App